८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

केपी ओलीलाई युवाको प्रश्न: मलाई टिकट दिनुहुन्छ कि ७ करोडको झोला बोक्ने व्यापारीलाई ?


जनमञ्च संवाददाता
  • ७ बैशाख २०७९ , बुधबार

  • केपी ओलीलाई युवाको प्रश्न: मलाई टिकट दिनुहुन्छ कि ७ करोडको झोला बोक्ने व्यापारीलाई ?

    काठमाडौं, ७ बैशाख – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज ललितपुरको गोदावरीमा ‘युवासँग म १ विशेष अन्तरक्रिया कार्यक्रम’ गरे । कार्यक्रममा युवाहरूले अध्यक्ष ओलीसँग आफ्ना अनुभव र प्रश्नहरू खुलस्त रुपमा राखेका छन् ।

    कार्यक्रममा झण्डै दुई दर्जन युवाहरूले प्रश्न र धारणा राखे । उनीहरुका प्रश्नहरू निकै पेचिलो र राज्य संयन्त्रमा देखिएका कमीकमजोरीको बारेमा केन्द्रित थिए ।

    काठमाडौं स्कुल अफ लमा अध्ययनरत २० वर्षीय सरोज भट्टराईले केपी ओलीजस्तै आफ्नो पनि प्रधानमन्त्री बन्ने सपना भएको बताउँदै ३५ वर्षको उमेरमा प्रधानमन्त्री बन्ने चाहना रहेको बताए । ‘पार्टीगत जाँदा त्यसमा सम्भव होला कि, बुढाहरूको झोला बोकेर ६० वर्षमा जाँदा उपयुक्त होला ?,’ उनले प्रश्न सोधे ।

    यस्तै उनले २० वर्ष भएको बताउँदै २४ वर्षको उमेरमा आफूलाई सिद्धार्थनगरको टिकट दिने की नदिने भनेर प्रश्न पनि सोधे । उनले भने, ‘म कानून पढिरहेको छु । राजनीतिमा चासो छ । २४ वर्षको उमेरमा सिद्धार्थनगरको टिकट मैले लिन चाहेँ र कोही ७ करोड बोकेर आए त्यस्तो अवस्थामा उसलाई टिकट दिनुहुन्छ कि मलाई ?’

    सर्वोच्च अदालतमा अहिले न्यायाधीश पनि पार्टीकै भएको उनले दाबी गरे । ‘म च्यालेञ्ज दिएर भन्न सक्छु सर्वोच्चको कुन न्यायाधीश कुन पार्टीको भन्न सक्छु,’ उनले भने, ‘न्यायाधीश हुन पनि कुनै पार्टीको झोला बोक्नुपर्छ ?’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend