१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

किन दिए ताराखोलाका अध्यक्षसहित नौ जनाले राजीनामा ?


जनमञ्च संवाददाता
  • १० बैशाख २०७९ , शनिबार

  • किन दिए ताराखोलाका अध्यक्षसहित नौ जनाले राजीनामा ?

    बागलुङ, १० बैशाख – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेद्वार बन्नका लागि पदबाट राजीनामा दिने जनप्रतिनिधिको संख्या १२ पुगेको छ । जिल्लाको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती सहित नौ जना जनप्रतिनिधिले शुक्रबार राजीनामा दिएका छन् । गाउँपालिका अध्यक्ष घर्ती, वडा नं. १ का अध्यक्ष यम श्रीस, २ का अध्यक्ष भद्रवहादुर घर्ती र वडा नं. ४ का अध्यक्ष जित वहादुर खत्रीले राजीनामा दिएका हुन् ।

    ताराखोलामा कार्यपालिका सदस्य गौरिमायां गुरुङ र जिल्ला समन्वय समिति सदस्य फुलमाया पुन जलजला, वडा नं. ४ का सदस्य कुल बहादुर खत्री र वडा नं. ५ का सदस्य मन वहादुर रोका मगर, वडा नं १ सदस्य खडक वहादुर घर्तीले पनि पदबाट राजिनामा दिएका छन ।

    राजीनामा दिएका वडामा कार्यबाहक बडाअध्यक्ष तोकिए छ । नेकपा माओबादी केन्द्रबाट निर्वाचित भएका उनीहरुले राजीनामा दिएर दोहोराउन खोजेका हुन् । पार्टीबाट सिफारीस भएपछि उनीहरु आउँदो निर्वाचनमा उमेद्वार बन्ने छन् । अध्यक्ष सहित सबैले उपाध्यक्षलाई राजीनामा बुझाएको बताएका छन् ।

    नेकपा माओबादी केन्द्रले गाउँ पालिका अध्यक्ष र उपाध्यक्षका आकंक्षी हरुको नाम सिफरीस गरेपनि टुंगो भने लागेको छैन् । गाउँ पालिका अध्यक्षका लागी प्रकाश घर्ती, नरेश के. सी., धन बहादुर बि.क. भबिकला घर्ती र निरमाया श्रीस अकांक्षी छन् । उपाध्यक्षका लागि दिल कुमारी पुन, गोरीमाया खत्री र शारदा घर्तीको नाम सिफारीस गरीएको छ ।

    त्यस्तै जैमिनी नगरपालिका वडा नं. ३ का अध्यक्ष वेद बहादुर छन्त्याल, जैमिनी १० का वडा सदस्य छविलाल श्रीषले पनि राजीनामा दिएका छन् । वहालवाला वडाअध्यक्ष छन्त्याल दोहोराउने र श्रीष वडा अध्यक्षको उमेद्वार बन्नका लागि
    राजीनामा दिएका हुन् । नेकपा एमालेले उनीहरुको नाम उमेद्वारमा सिफारीस गरेको छ ।

    यस अघी जिल्लाको जैमिनी नगरपालिकाका उप प्रमुख लिला राना, वडा नं. ७ का अध्यक्ष जीत बहादुर राना र बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले शुक्रबार दिउँसो राजीनामा दिएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend