१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

स्थापना दिवसमा एमाले काठेखोलाले गर्यो जेष्ठ नागरिकलाई सम्मान


जनमञ्च संवाददाता
  • १० बैशाख २०७९ , शनिबार

  • स्थापना दिवसमा एमाले काठेखोलाले गर्यो जेष्ठ नागरिकलाई सम्मान

    बागलुङ, १० बैशाख – नेकपा एमाले काठेखोला गाउँ कमिटीले नेपाल कम्यनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा ८ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

    वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा जेष्ठ नागरीकलाई पनि सम्मान गरिएको हो ।

    कम्युनिष्ट आन्दोलनमा आफ्नो जीवन खर्च गरेका योद्धा जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको गाउँ कमिटिका अध्यक्ष डिल वहादुर कार्कीले बताए ।

    सो अवसरमा काठेखोलाको समृद्धि र विकासको खाका सहितको चुनावी प्रतिबद्धता पत्र पनि एमालेले सार्वजनिक गरेको छ ।

    पूर्वाधार, सामाजिक बिकास, आर्थिक क्षेत्रमा सुधार र रोजगारी सिर्जना तथा प्रबिधिमैत्री गाउँपालिका बनाउने प्रतिबद्धता पत्रमा उल्लेख छ । हालसम्म पालिकाले गरेका काम पनि समावेश गरिएको छ ।

    कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य गोबिन्द नेपाली, सूर्य पाठक, जिल्ला अध्यक्ष हिरा बहादुर केसी, प्रदेश कमिटी सदस्यहरु डिल्लीराज गौतम, हरिनारायण गौतम, राम बहादुर जिसी, सुवास गौतम, पालिका अध्यक्ष अमर थापा, लगायतका जिल्ला नेताहरुले बोलेका थिए ।

    गाउँ कमिटिका अध्यक्ष डिल बहादुर कार्कीको अध्यक्षता, सचिव बिद्यापति शर्माको सञ्चालन र उपसचिव तीलक खड्काको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend