११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

ढोरपाटन ब्यूरो प्रमुख मिश्रलाई सुशासन पत्रकारिता पुरस्कार


जनमञ्च संवाददाता
  • २३ मंसिर २०७८ , बिहिबार

  • ढोरपाटन ब्यूरो प्रमुख मिश्रलाई सुशासन पत्रकारिता पुरस्कार

    पोखरा, २३ मंसिर – भ्रष्टचारविरुद्ध निरन्तर कलम चलाउँदै आएका ढोरपाटन दैनिकका पोखरा ब्यूरो प्रमुख बासुदेव मिश्र सुशासन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
    सुशासनका लागि नागरिक समाज (सुनास) ले वर्षेनी प्रदान गर्दै आइरहेको सुशासन पत्रकारिता पुरस्कार २०७८ बाट उनी सम्मानित भएका हुन् । मिश्रलाई नगद १५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरिएको हो ।
    सम्मानित हुँदै उनले आफूलाई थप जिम्मेवारी बोध गराएको सुनाए । पत्रकारिताको माध्यमबाट भ्रष्टचारको उजागर गर्दै आइरहँदा एकातिर सम्मानित हुँदा अर्कातिर भ्रष्टचार बढिरहेको उनले सुनाए । उनले अबका दिनमा नीतिगत भ्रष्टचारमा ध्यान दिनुपर्नेमा जोड दिए ।
    सुनासले भ्रष्टचारविरुद्ध कलम चलाउने एक पत्रकारलाई वर्षेनी पुरस्कृत गर्दै आएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend