१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

स्याङ्जामा ७३ मतदान केन्द्र अतिसंवेदनशील !


जनमञ्च संवाददाता
  • ११ बैशाख २०७९ , आइतबार

  • स्याङ्जामा ७३ मतदान केन्द्र अतिसंवेदनशील !

    स्याङ्जा, ११ बैशाख – स्थानिय तहको निर्वाचन नजिकै आउँदा स्याङ्जाका ७३ मतदान केन्द्र सुरक्षाका दृष्टिले अति  संवेदनशील केन्द्रको सूचीमा परेका छन् । यहाँ जिल्लाको सुरक्षा समिति स्याङ्जाले जिल्लाका मतदान केन्द्रको वर्गीकरण गरी संवेदनशीलताको सूची तयार पारेको हो ।

    अतिसंवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रूपमा जिल्लाका मतदान केन्द्रलाई वर्गीकरण गरिएको छ ।
    एक सय ९९ मतदान केन्द्र स्याङ्जामा रहेकोमा ७३ मतदान केन्द्र अतिसंवेदनशील, संवेदनशील ७३ मतदान केन्द्र रहेका छन् भने सामान्य मतदान केन्द्र रुपमा ५३ केन्द्र रहेका छन् ।

    २०७४ को स्थानीय तह निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको बताउदै प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको सहज पहुँचका आधारमा मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रूपमा वर्गिकरण गरिएको बताए ।

    सबै मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहेको सुरक्षा समितिको टोली पुगेर सुरक्षा चुनौतीको अनुगमन गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

    स्थानीय निर्वाचन २०७४ मा चरण चरणमा निर्वाचन हुँदा सुरक्षा जनशक्ति परिचालन गर्न सहज भएको बताउदै खनालले घोषित निर्वाचनमा सबै स्थानीय तहमा एकैपटक निर्वाचन हुने भएकाले समस्या थपिएको जानकारी दिए ।

    एकीकृत सुरक्षा योजनानुसार सुरक्षाकर्मी खटाइने भएको छ भने केन्द्रसँग पनि जनशक्ति माग गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend