१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

एमालेका उम्मेदवार : बागलुङमा जनक, ढोरपाटनमा देवकुमार, काठेखोलामा डिलवहादुर, बडीगाडमा राजन


जनमञ्च संवाददाता
  • १२ बैशाख २०७९ , सोमबार

  • एमालेका उम्मेदवार : बागलुङमा जनक, ढोरपाटनमा देवकुमार, काठेखोलामा डिलवहादुर, बडीगाडमा राजन

    बागलुङ, १२ बैशाख – बागलुङका पाँच वटा स्थानीय तहमा नेकपा एमालेका उमेद्वारको टुंगो लागेको छ । नेकपा एमाले गण्डकी प्रदेश कमीटिले पालिका कमिटिले गरेको सिफारीसका आधारमा उमेद्वारको टुंगो लगाएको हो ।

    एमाले बागलुङ जिल्ला इन्चार्ज गोविन्द नेपालीका अनुसार बागलुङ नगरपालिकाको प्रमुखमा जनकराज पौडेल र उप प्रमुखमा पवित्रा रोका उमेद्वार बन्ने भएका छन् । पौडेल यसअघीको निर्वाचनमा एमालेबाट निर्वाचित नगर प्रमुख हुन् ।

    एमालेले काठेखोला गाउँपालिकाको अध्यक्षमा डिल बहादुर कार्की र उपाध्यक्षमा कोपिला पुन, बडिगाड गाउँपालिकाको अध्यक्षमा राजन पाईजा र उपाध्यक्षमा मिना रायमाझी, बरेङ गाउँपालिकाको अध्यक्षमा प्रदिप थापा र उपाध्यक्षमा दुर्गा कार्कीलाई उमेद्वार बनाउने भएको हो ।

    ढोरपाटन नगरपालिकामा देवकुमार नेपाली र करमती पुनलाई एमालेले दोहोराउने भएको छ । बागलुङका बाँकी पाँचवटै स्थानीय तहमा यसअघीनै उमेद्वारको टुंगो लागेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend