१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

यसरी भयो बागलुङमा मनोनयन दर्ता


जनमञ्च संवाददाता
  • १२ बैशाख २०७९ , सोमबार

  • यसरी भयो बागलुङमा मनोनयन दर्ता

    बागलुङ, १२ बैशाख – अघि-अघि पञ्चेबाजा पछि-पछि उमेद्वार । काठेखोला गाउँपालिका–६ सुल्डाँडामा रहेको निर्वाचन अधिकृतको कार्यालय पुग्दा कोही नाचिरहेका थिए, कसैले गीत गाउँदै थिए, कसैले नारा लाउँदै थिए । नेकपा एमालेको तर्फबाट गाउँपालिकाको उमेद्वार बनेका डिल बहादुर कार्की नाचिरहेका थिए । उनका कार्यकर्ताले घरी गित गाउँथे त अघि पार्टीका नारा लगाउँथे ।

    आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागलुङका सबै स्थानीय तहमा सोमबार उमेद्वारी भए । कतै उल्लासका साथ मनोनयनका लागि पार्टीका नेता कार्यकर्ता पुगे भने कतै असन्तुष्टिहरु पोखिए । असन्तुष्टहरुले बागी उमेद्वारी हाल्नेदेखि पार्टी परित्याग र प्रबेशको हर्कत एकै दिन गरे । जैमिनी, गलकोट, बागलुङ र ढोरपाटनमा यस्ता हर्कतहरु धेरै देखिए ।

    राती अबेरसम्म निर्वाचन अधिकृतको कार्यालयहरुले मनोनयन दर्ता गरेका छन् । सोमबार साँझ ५ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेका सबैको प्रकृया पुरा गरेर मनोनयन दर्ता गर्दा राती अबेर भएकाले आधिकारिक तथ्यांक बाहिर आएको छैन् ।

    प्राप्त सूचना अनुसार बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका जनकराज पौडेल र राप्रपाका सन्जय खड्काले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । बागलुङ नगरपालिकाको निर्वमान प्रमुख रहेका पौडेलले पदबाट राजिनामा दिएर पुनः प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै राप्रपाबाट खड्काले उपमेयरमा मनोनयन दर्ता गराएका छन् ।

    सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका बसन्त कुमार श्रेष्ठले उमेद्वारी दर्ता गराएका छन्भने उप–प्रमुखमा माओबादी केन्द्रका राजु खड्काले उमेद्वारी दिए ।

    जैमिनी नगरपालिकामा एमालेका लिला रानाले प्रमुख र उषा पौडेलले उमेद्वारी दिए । गठबन्धनको तर्फबाट नर बहादुर पुनले प्रमुख र हरिहर शर्माले उप–प्रमुखमा उमेद्वारी दर्ता गराएका छन् । उप–प्रमुखमा रुद्रा रोका क्षेत्रीले आईतबार स्वतन्त्र उमेद्वारी दिएकी थिईन् । उनी राष्ट्रिय जनमोर्चाकी नेतृ हुन् ।

    |काठेखोला गाउँपालिकामा एमालेका डिल बहादुर कार्कीले अध्यक्ष र कोपिला पुनले उपाध्यक्षमा उमेद्वारी दिएकी छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांगैसका राजु थापाले अध्यक्ष र राजमोका तिलक थापाले उपाध्यक्षमा उमेद्वारी दिए । नेपाली कांग्रेसका नेता चित्र बहादुर कार्कीले उपाध्यक्षमा स्वतन्त्र उमेद्वारी दिएका छन् ।

    गलकोट नगरपालिकामा एमालेको तर्फबाट पूर्ण बहादुर काउचाले प्रमुख र रुपा बिकले उप–प्रमु्खमा उमेद्वारी दिएका छन् । गठबन्धनका निर्वतमान नगर प्रमुख भरत शर्मा गैरेले प्रमुखमा उमेद्वारी दिएभने माओबादी केन्द्रका नेता फमलाल न्यूरेले उप–प्रमुखमा उमेद्वारी दर्ता गराएका छन् । गलकोटमा कांग्रेस नेतृ मञ्जु शर्मा चालिसेले उप–प्रमुखमा स्वतन्त्र उमेद्वारी दर्ता गराएकी छन् ।

    बडिगाड गाउँपालिकामा एमालेका युवा नेता राजन पाईजाले अध्यक्ष र मिना रायमाझीले उपाध्यक्षमा उमेद्वारी दिए । गठबन्धनको तर्फबाट कांग्रेस नेतृ गण्डकी थापा अधिकारीले अध्यक्ष र राजमो नेता भीमसेन वनले उपाध्यक्षमा उमेद्वारी दिए । बडिगाडमा राजमोका अनिल गिरीले अध्यक्ष र नेपाली कांग्रेसका यामेन्द्र कुमार घर्तीले उपाध्यक्षमा बागी उमेद्वारी दिएका छन् ।

    ढोरपाटन नगरपालिकामा निवर्तमान प्रमुख देवकुमार नेपाली एमालेको तर्फबाट प्रमुखको उमेद्वार बनेका छन् । निर्वतमान उपप्रमुख करमती पुनले उपप्रमुखमा उमेद्वारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका चन्द्र अर्यालले प्रमुख र नेपाली कांग्रेसका कल्याण कायतले उपप्रमुखमा उमेद्वारी दर्ता गराएका छन् ।

    ताराखोला गाउँपालिकामा नेकपा एमालेको तर्फबाट ऋषिराम रोकाले अध्यक्ष र थममाया घर्तीले उपाध्यक्षमा उमेद्वारी दिएका छन् । गठबन्धनको तर्फबाट माओवादी केन्द्रका धनबहादुर विक ‘हिमाल’ले अध्यक्ष र नेपाली कांग्रेसका भीम बहादुर रोकाले उपाध्यक्षमा उमेद्वारी दिएका छन् । निवर्तमान अध्यक्ष प्रकाश घर्तीले गठबन्धनका उमेद्वारविरुद्ध अध्यक्षमा बागी उमेद्वारी दिएका छन् ।

    यस्तै, तमानखोला गाउँपालिकामा एमालेका देवेन्द्र छन्त्यालले अध्यक्ष र टेकमाया बिक उपाध्यक्षमा उमेद्वारी दिएका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जोकलाल बुढा अध्यक्ष र नेकपा एकिकृत समाजबादीका तारानाथ सिर्पालीले उपाध्यक्षमा उमेद्वारी दिए । बुढा निर्वमान अध्यक्ष हुन् ।

    निसीखोला गाउँपालिकामा एमालेका भूमिराज घर्तीले अध्यक्ष र भेटु चन्दले उपाध्यक्ष तथा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सूर्यमान घर्ती अध्यक्ष र माओबादी केन्द्रका प्रेम घर्तीले उपाध्यक्षमा उमेद्वारी तर्दा गराए ।

    जिल्लाको बरेङ गाउँपालिकामा एमालेका प्रदिप थापाले अध्यक्ष र दुर्गा कार्कीले उपाध्यक्ष तथा गठबन्धको तर्फबाट कृष्ण पौडेलले अध्यक्ष र नेपाली कांग्रेसका दिलिप पुनले उपाध्यक्षमा उमेद्वारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै पालिकाका प्रमुख तथा उपप्रमुखमा स्वतन्त्र उमेद्वारी दिनेहरु पनि पुगेका थिए । उनीहरुको तथ्यांक आईसकेको छैन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend