१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

मेरा लागि यही चुनाव अन्तिम होः कृष्ण थापा


जनमञ्च संवाददाता
  • १२ बैशाख २०७९ , सोमबार

  • मेरा लागि यही चुनाव अन्तिम होः कृष्ण थापा

    पोखरा, १२ बैशाख – पोखरा महानगरमा नेकपा एमालेका मेयर उम्मेदवार कृष्ण थापाले आफ्नो जीवनमा यही चुनाव अन्तिम भएको बताएका छन्।

    मेयरको उम्मेदवारी दर्तापश्चात् जनमञ्चलाई प्रतिक्रिया दिँदै थापाले भने, ‘म यसपछि चुनाव लड्दिनँ, यति नै हो।’

    एमाले पोखराको राजनीतिमा पटकरपटक अवसर पाएको भन्दै थापा आलोचित छन्।

    २०५४ मा पोखराका मेयर जितेका थापा २०७० मा संविधान सभा चुनाव लडेका थिए। संविधान सभा सदस्य हारेका थापा २०७४ को निर्वाचनमा प्रदेश सांसद जितेका थिए।

    सांसदको कार्यभार नसकिँदै फेरि एमालेले उनलाई महानगरको मेयर टिकट दिएको हो।

    एमाले केन्द्रीय सचिवालयको शनिबारको बैठकले अर्का नेता दीपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरे पनि सोमबार बिहान उनको टिकट खोसिएको थियो।

    पार्टीको आवश्यकताले आफूले अवसर पाए पनि खोजेर नहिँडेको थापाको दाबी छ।

    ‘मैले ५४ मा मात्र होइन, ४४ र ४९ मा पनि टिकट पाएको थिएँ,’ उनले भने, ‘पार्टीले मलाई विश्वास गरेको छ, म आफूलाई शौभाग्यशाली ठान्छु।’

    पोखराबासीले एमालेलाई विश्वास गरेको भन्दै उनले चुनाव जित्ने दाबी गरे।

    ‘हामीलाई पोखराबासीले विश्वास गरेका छन्, हामी जनतामा समर्पित छौं,’ उनले भने, ‘पोखरा बनाउने महाअभियानमा हामी छौं। तसर्थ हामी जित्छौं।’

    केन्द्रीय सचिवालयले दीपक पौडेललाई टिकट दिएको भनिए पनि पाइसकेको अवस्था नरहेको उनले दाबी गरे।

    ‘उहाँ मेरो आरदरणीय दाजु हुनुहुन्छ, उहाँले टिकट पाइसक्नुभएको होइन, चर्चा चलेको हो,’ उनले भने, ‘अध्यक्ष केपी ओलीले मेरो नाममा हस्ताक्षर गरेर पठाएपछि म नै उम्मेदवार भए नि ’

    पोखराको बाटुलेचौरमा दुई वर्षअघि भएको छुवाछूत र विभेदका घटनामा आफूले प्रोत्साहन नगरको उनले दाबी गरे।

    बाटुलेचौरमा किरियापुत्री भवनमा बस्न स्थानीय क्षेत्री समुदायले दलित समुदायलाई दिएका थिएनन्। उक्त घटनाविरूद्ध पीडितले प्रहरीमा जाहेरी दिएपछि पीडक पक्ष आन्दोलनमा उत्रिएको थियो।

    आन्दोलनमा उत्रिएका पीडक पक्षलाई प्रहरीले दमन गरेको भन्दै थापाले प्रदेश सांसदको हैसियतमा विज्ञप्ति जारी गरेका थिए।

    ‘मलाई छुवाछूतको आरोप केही पनि छैन, मैले प्रहरीले ज्यादती गर्न पाउँदैन भनेर विज्ञप्ति निकालेको हुँ,’ उनले भने, ‘म देशको सम्पूर्ण विभेदविरूद्ध काम गर्ने हो, भाषण गर्ने होइन।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend