१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026
स्थानीय चुनाव-२०७९

गण्डकी प्रदेशमा अधिकांश पुरानै अनुहार दोहोरिए


जनमञ्च संवाददाता
  • १४ बैशाख २०७९ , बुधबार

  • गण्डकी प्रदेशमा अधिकांश पुरानै अनुहार दोहोरिए
    फाईल तस्बीर

    पोखरा, १४ बैशाख – सत्ता गठबन्धनबाट बागलुङको ताराखोला गाउँपालिका प्रमुखमा माओवादी केन्द्रबाट धनबहादुर विक ‘हिमाल’लाई उठाउने निर्णय ग¥यो । तर, गठबन्धनको उक्त निर्णयबाट पालिका प्रमुखसमेत रहेका प्रकाश घर्ती सन्तुष्ट भएनन् । अघिल्लो पटक उनी माओवादी केन्द्रबाटै अध्यक्ष जितेका थिए ।

    पालिका प्रमुखमा दोहोरिन राजीनामा दिइसकेको अवस्थामा पनि पार्टीले टिकट नदिएपछि सोमबार बागी (स्वतन्त्र) उम्मेदवारी दर्ता गरेका छन् । पालिका कमिटीले आफूलाई नै टिकट दिने गरी सिफारिस गरेपनि माथिल्लो तहले नदिएको भन्दै उनले पुनः उम्मेदवारी दिएको बताएका छन् ।

    गण्डकीमा पालिका प्रमुख तथा उपप्रमुखमा दोहोरिन इच्छा राख्ने र उम्मेदवारी दिने घर्तीमात्रै होइनन् । गण्डकीका अधिकांश दलले पुरानै जनप्रतिनिधि दोहो¥याएका छन् । दोहो¥याउनेमा नेकपा एमाले धेरै छ भने त्यसपछि नेपाली कांग्रेस छ ।

    भौगोलिक रुपमा देशकै ठूलो महानगर पोखराको उपप्रमुखमा पनि मञ्जुदेवीलाई दोहो¥याउने गरी नेकपा एमालेले निर्णय गर्यो । तर, यसबाट गुरुङ भने सन्तुष्ट भएकी छैनन् ।

    सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि गुरुङले असन्तुष्टि पोखेकी हुन् । ‘दोहोरिन मन भए पहिल्यै लिस्टमा नाम दिन्थें । ठीक छ, पार्टीको निर्णय मान्नुपर्छ । तर, एक पटक सोध्नुपथ्र्यो,’ मिडियासँग प्रतिक्रिया दिँदै उनले भनेकी छन् । शनिबार एमालेको केन्द्रीय सचिवालय बैठकले उनलाई उपप्रमुखमा दोहो¥याउने गरेपछि अस्वीकार गरेकी पनि थिइन् । तर, सचिवालय बैठकले प्रमुखको नाम फे¥यो, उनको नाम फेरेन ।

    कास्कीकै रुपा गाउँपालिकामा पनि निवर्तमान पालिका अध्यक्ष र उपाध्यक्षले जनप्रतिनिधिका रुपमा दोहोरिन उम्मेदवारी दिएका छन् । अघिल्लो चुनावमा नेकपा एमालेबाट विजयी भएका अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुबा गुरुङ पुनः दोहोरिन उम्मेदवारी दिएका हुन् ।

    कास्कीकै अन्नपूर्ण गाउँपालिकाका युवराज कुँवर पुनः पालिका प्रमुखमा दोहोरिन उम्मेदवारी दर्ता गरेका छन् । पोखरामा ५ पालिकामध्ये नेपाली कांग्रेसले अन्नपूर्ण गाउँपालिका प्रमुखमा मात्रै जितेको थियो । उनै कुँवरले पुनः पालिका प्रमुखमा उम्मेदवारी दिएका हुन् ।

    हिमाली जिल्ला मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले पनि पालिका प्रमुखमो दोहोरिन उम्मेदवारी दर्ता गरेका छन् । ०७४ सालमा स्वतन्त्रबाट पालिका प्रमुखमा विजयी भएका विष्ट पनि नेकपा एमाले प्रवेश गरेका थिए । यसपटक उनी नेकपा एमालेबाटै पालिका प्रमुखमा भिड्न लागेका हुन् । मनाङको डिस्याङ गाउँपालिका प्रमुखमा कान्छा घलेलाई नै नेकपा एमालेले दोहो¥याउने भएको छ ।

    बागलुङको बागलुङ नगरपालिकाका निवर्तमान प्रमुख जनकराज शर्माले उम्मेदवारी दिएका छन् । नेकपा एमालेबाट उनी पालिकामा दोहोरिन पुनः उम्मेदवारी दिएका हुन् । उनको प्रतिद्वन्द्वीमा अघिल्लो चुनावमा उनीसँगै पराजित सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठ छन् ।

    त्यस्तै, पर्वतबाट पनि पालिका प्रमुख तथा उपप्रमुखमा दोहोरिन ३ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये फलेवासमा हालकै प्रमुख र उपप्रमुख दोहोरिने गरी नेकपा एमालेले सिफारिस गरेको हो ।

    पर्वतमा पालिका प्रमुखमा दोहोरिन उम्मेदवारी दिनेमा कुश्मा नगरपालिकाका निवर्तमान मेयर कांग्रेसका रामचन्द्र जोशी, फलेवास नगरपालिका निवर्तमान मेयर एमालेका पदमपाणि शर्मा, उपप्रमुख एमालेकै मञ्जुदेवी अधिकारी छिन् ।
    स्याङजाका विभिन्न पालिकाका ६ जना पालिका प्रमुख/उपप्रमुख दोहोरिन उम्मेदवारी दिएका छन् । स्याङजाको पुतलीबजारमा प्रमुख र उपप्रमुख दुवै दोहोरिन उम्मेदवारी दर्ता गरेका छन् । नेकपा एमालेबाट विजयी भएका नगरप्रमुख सीमा क्षेत्री र उपप्रमुख महेश पुरीलाई नै एमालेले दोहो¥याउने भएको हो ।

    त्यस्तै, स्याङजाकै अर्जुनचौपारी गाउँपालिका हालकी उपप्रमुख प्रमुखमा दोहोरिन मनोनयन दर्ता गरेकी छन् । नेकपा एमालेबाट उपप्रमुखमा विजयी भएकी चिनमाया गुरुङले पालिका प्रमुखमा उम्मेदवारी दिएकी हुन् ।
    कालीण्डकी गाउँपालिकाका निवर्तमान प्रमुख खिमबहादुर थापा पनि जनप्रतिनिधिमा दोहोरिन उम्मेदवारी दर्ता गरेका छन् । नेकपा एमालेबाट प्रमुख पद जितेका थापालाई सोही पदमा दोहो¥याउने पार्टीले निर्णय गरेको हो ।

    स्याङ्जाकै हरिनाश गाउँपालिका प्रमुख पनि दोहोरिने भएका छन् । अघिल्लो चुनावमा नेकपा एमालेबाट विजयी भएका खिमनारायण मानन्धर पालिकामा दोहोरिन उम्मेदवारी दिएका छन् । त्यस्तै, फेदीखोला गाउँपालिकाका घनश्याम सुवेदी पनि पुनः दोहोरिन उम्मेदवारी दिएका छन् ।

    तनहुँमा पनि पालिका प्रमुखमा दोहोरिनेको लर्को छ । तनहुँको देवघाट गाउँपालिकामा प्रमुखमा दोहो¥याउन नेकपा एमालेबाट दुर्गाबहादुर थापाले उम्मेदवारी दिएका छन् । आँबुखैरेनी गाउँपालिकामा दोहोरिन कांग्रेसका गिरबहादुर थापा मनोनयन दर्ता गरेका छन् ।

    त्यस्तै बन्दीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पालिका हालकै प्रमुख र उपप्रमुख दोहोरिन उम्मेदवारी परेको छ । माओवादी केन्द्रबाट अध्यक्षमा पूर्णसिंह थापा र उपाध्यक्षमा करुणा गुरुङले उम्मेदवारी दर्ता गरेका हुन् । म्याग्दे गाउँपालिकामा कांग्रेसका माया राना र उपाध्यक्ष बालकृष्ण घिमिरे दोहोरिने भएका छन् ।

    भिमाद नगरपालिका उपप्रमुखमा दोहोरिन एमालेकी शारदा खनालले उम्मेदवारी दिएकी छन् । ऋषिङ गाउँपालिकामा दोहोरिन नेपाली कांग्रेसले हालकै अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापालाई दोहो¥याउने भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend