८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

उमेद्वारी फिर्ता लिन कार्यकर्तालाई कांग्रेसको अपिल


ढोरपाटन संवाददाता
  • १४ बैशाख २०७९ , बुधबार

  • उमेद्वारी फिर्ता लिन कार्यकर्तालाई कांग्रेसको अपिल

    बागलुङ, १४ बैशाख – सत्ता गठबन्धनका विरुद्धमा स्वतन्त्र उमेद्वारी दिएका आफ्ना नेता कार्यकर्तालाई नेपाली कांग्रेस बागलुङले उमेद्वारी फिर्ताका लागि अपिल गरेको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै कांग्रेसले असन्तुष्टि राखेर स्वतन्त्र र अन्यदलमा प्रवेश गरेर उमेद्वारी दिएका नेता कार्यकर्तालाई उमेद्वारी फिर्ता लिन अपिल गरेको हो ।
    कांग्रेसले पार्टीमा योगदान गरेका नेता कार्यकर्ताको क्रमबद्ध मुल्यांकन र न्यायोचित व्यवस्थापन गर्ने विज्ञप्तीमा उल्लेख गरेको छ । पार्टी सभापति जीत बहादुर शेरचनले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ‘स्वतन्त्र वा अन्य दलको निर्वाचन चिन्हमार्फत उमेद्वारी दिँदा नेपाली कांग्रेसले अबलम्वन गरेको राष्ट्रियता, लोकतन्त्र र समाजबाद प्रतिको हाम्रो निष्ठा वर्तमान राजनीतिक गठबन्धनविरुद्ध जाँदा पार्टीलाई दुरगामी रुपमा क्षति पुग्ने हुन्छ ।’
    शेरचनले उमेद्वारी फिर्ता लिएर एक ढिक्का भएर गठबन्धनका उमेद्वारलाई जिताउन लाग्नसमेत आग्रह गरेका छन् ।
    विज्ञप्तीमा कांग्रेस सभापति शेरचनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । निर्वाचन संघारमा रहेका बेला उनले लोकतन्त्र मास्न र संविधान मास्न खोज्नेबिरुद्ध गठबन्धन भएको भन्दै गठबन्धनका पक्षमा लाग्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend