काठमाडौं, १४ बैशाख – सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जेठ १ गतेबाट लागू हुनेगरी सरकारले सो निर्णय गरेको हो । हप्तामा दुईदिन बिदा भएपनि कार्यालय समय भने बढाइएको छ ।
बिहान साढे ९ बजेदेखि र साँझ साढे बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले वताए । अहिले यो प्रावधान परीक्षणका रुपमा हुने उहाँले बताउनुभयो । पेट्रोलियम पदार्थको मूल्य बढ्नु र विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्दै गएपछि यस्तो प्रावधान लागू गरिएको हो ।
आयल निगमले केही समयअघि हप्तामा दुईदिन सरकारी बिदाको प्रस्ताव गरेको थियो ।
यसैबीच, हप्तामा दुई दिन बिदा दिने निर्णय गरेसँगै सरकारले कार्यालय समय बढाएको छ । यसअघि बिहान १० देखि ५ बजेसम्म कार्यालय समय थियो ।
सरकारले जेठ १ गतेबाट लागू हुनेगरी कार्यालय समय बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।