१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026
'विकास निर्माणको जगलाई पूर्णता दिन र नागरिकको सेवामा अझ समर्पित हुन उम्मेदवारी'

लमजुङका ४ स्थानीय तहको प्रमुखमा पुरानै उम्मेदवार


जनमञ्च संवाददाता
  • १५ बैशाख २०७९ , बिहिबार

  • लमजुङका ४ स्थानीय तहको प्रमुखमा पुरानै उम्मेदवार

    लमजुङ, १५ बैशाख – लमजुङका ८ स्थानीय तहमध्ये ४ वटा स्थानीय तहका प्रमुखले पुन: उही पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार बेंसीसहर नगरपालिका प्रमुखमा नेकपा एमालेका गुमानसिंह अर्याल, राइनास नगरपालिका प्रमुखमा एमालेकै सिंहबहादुर थापा, मध्यनेपाल नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका रमेशकुमार पाण्डे र मर्स्याङ्दी गाउँपालिकामा नेकपा एमालेका अर्जुन गुरुङले अध्यक्ष पद लागि उम्मेदवारी दिएका छन् । उपप्रमुख तथा उपाध्यक्षमा भने कोही दोहोरिएका छैनन् ।

    दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका बेंसीसहर नगरपालिका प्रमुखका प्रत्यासी गुमानसिंह अर्यालले नगरबासीको चाहना, पहिलो कार्यकालमा गरेको विकास निर्माणको जगलाई पूर्णता दिन र नागरिकको सेवामा अझ समर्पित हुन उम्मेदवारी दिएको बताए । उनीविरुद्ध बेंसीसहरमा कांग्रेसका श्रीकान्त घिमिरेले उम्मेदवारी दिएका छन् ।

    राइनासमा एमालेका सिंहबहादुरविरुद्ध कांग्रेसका खड्कबहादुर गुरुङ, मध्यनेपालमा कांग्रेसका रमेशकुमारविरुद्ध एमालेका राजकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । उपप्रमुखबाट राजीनामा दिएका राजकुमारले कांग्रेसबाट दोहोरिएका प्रमुख रमेशकुमारविरुद्ध उम्मेदवारी दिएका हुन् । मर्स्याङ्दीमा एमालेका अर्जुनविरुद्ध कांग्रेसका लोकनाथ घिमिरे चुनावी मैदानमा छन् । २०७४ मा अर्जुनसँग पराजित कांग्रेसका नरबहादुर गुरुङले यसपटक उठ्ने चाहना व्यक्त गरेनन् ।

    सुन्दरबजार नगरपालिकामा एमालेबाट भीमबहादुर गुरुङ र कांग्रेसबाट कृष्णप्रसाद कोइराला प्रमुख पदका लागि चुनावी मैदानमा छन् । दोर्दी गाउँपालिकामा एमालेका युवराज अधिकारी र माओवादी केन्द्रका लालबहादुर गुरुङ चुनावी मैदानमा छन् । क्वहोलासोंथरमा एमालेका सूर्यप्रसाद गुरुङ र कांग्रेसका टेकबहादुर गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि दूधपोखरीमा एमालेका तेजबहादुर गुरुङ र कांग्रेसका धनप्रसाद गुरुङ चुनावी मैदानमा छन् ।

    लमजुङमा सत्ता गठबन्धन भएको भनिएपनि जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएको छ । कांग्रेस-माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भए पनि सौहार्द्ध हुन नसक्दा बागी उम्मेदवारी परेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend