१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

मुस्ताङ एमालेका ढिन्डु दोस्रो कार्यकालका लागि वडाध्यक्ष निर्विरोध


जनमञ्च संवाददाता
  • १५ बैशाख २०७९ , बिहिबार

  • मुस्ताङ एमालेका ढिन्डु दोस्रो कार्यकालका लागि वडाध्यक्ष निर्विरोध

    बागलुङ, १५ बैशाख – मुस्ताङको लो-घेकर दामोकरकुण्ड गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा ढिन्डु ठकुरी दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् ।
    २०७४ सालमा पनि उनीसहित एमालेको प्यानल नै वडामा निर्विरोध भएको थियो । नेकपा एमालेका गाउँपालिका कमिटी अध्यक्षसमेत रहेका ठकुरीको मात्र वडाध्यक्षमा उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।
    दोस्रोपटक वडाध्यक्षमा निर्विरोध भएका ठकुरीले गाउँलेको सल्लाहमै पार्टीबीच प्रतिस्पर्धा नगरी गाउँको विकासमा लाग्नुपर्ने भएकाले सर्वसम्मत चयन गरिएको बताएका छन् । गाउँपालिकाका अन्य दुई वडा ३ र ४ मा पनि एमाले र कांग्रेसले बाँडेर सर्वसम्मति गरेका छन् ।
    जसमा दुवै वडाका अध्यक्ष एमालेले लिएको छ भने दुई सदस्य कांग्रेसलाई दिएर बाँकी एमालेका निर्विरोध भएका छन् । अब वडा नम्बर २ र ५ मा मात्र निर्वाचन हुने भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend