१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

बागलुङमा पाँच दलीय सत्ता गठबन्धनको प्रतिबद्धता पत्रमा के छ ?


जनमञ्च संवाददाता
  • २० बैशाख २०७९ , मंगलबार

  • बागलुङमा पाँच दलीय सत्ता गठबन्धनको प्रतिबद्धता पत्रमा के छ ?

    बागलुङ, २० बैशाख–स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढेको सत्तारुढ पाँच दलीय गठबन्धनले बागलुङ नगरपालिका स्तरीय प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
    ‘समुन्नत बागलुङ निर्माण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ गठबन्धनले आगामी ५ वर्षमा बागलुङ नगरपालिकाको लागि साझा प्रतिबद्धता सार्वजनिक गरेको हो ।
    गठबन्धनको तर्फबाट बागलुङ नगरपालिकाको मेयरका उम्मेदवार नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठ र उपमेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजु खड्काले संयुक्त रुपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
    प्रतिबद्धतापत्रमा आर्थिक विकास क्षेत्रतर्फ कृषि तथा पशुपालन, सिंचाइ, सम्पदा संस्कृति एवं पर्यटन, उद्योग व्यवसाय तथा रोजगारी र बैंक, वित्तीय सेवा र सहकारीका विषयलाई जोड दिइएको छ ।
    आगामी ५ वर्षमा एक घर एक धारा कार्यक्रमलाई टोलटोलमा पु¥याइने र श्रम वैंकको स्थापना गरी बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने उल्लेख गरिएको छ ।
    सामाजिक विकासको क्षेत्रमा शिक्षा तथा नवप्रर्बद्वन, स्वास्थ्य तथा पोषण, खानेपानी तथा सरसफाइ, महिला बालबालिका तथा सामाजिक समावेशीकरण र युवा तथा खेलकुदका विषयलाई जोड दिइएको छ ।
    पूर्वाधार विकासतर्फ सडक यातायात, आवास, भवन, बस्ती तथा शहरी विकास, वैकल्पिक ऊर्जा, सञ्चार तथा प्रविधि, फोहोरमैला व्यवस्थापनका तथा दिगो ढल निकासको विषयलाई प्राथमिकता दिइएको छ ।
    प्रतिबद्धतापत्रमा वन, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सुशासन लगायतका विषय पनि उल्लेख छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend