१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

विप्लव नेतृत्वको नेकपा फुट्यो


जनमञ्च संवाददाता
  • २१ बैशाख २०७९ , बुधबार

  • विप्लव नेतृत्वको नेकपा फुट्यो

    काठमाडौं, २१ बैशाख– वर्तमान राज्य व्यवस्था शान्तिपूर्ण ढंगबाट परिवर्तन नहुने भन्दै भूमिगत क्रान्ति गरेर दर्जन बढीको हत्या गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजन भएको छ ।
    धमेन्द्र बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ पक्षको चितवनमा बुधबार शुरु भएको भेलाले विप्वलवलाई महासचिवबाट निष्कासन गर्दै बास्तोलाको संयोजकत्वमा पार्टी पुनर्गठन गरेको हो ।
    राष्ट्रिय भेला सुरु हुने वित्तिकै नेकपाका सल्लाहकार अध्यक्ष इश्वरी दाहाल ‘असारे काका’ले पार्टीको महासचिवबाट विप्लवलाई निष्कासित गर्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको छ । बैठकमा पार्टीको संयोजकको जिम्मेवारी पाएका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले बुधबारै राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend