९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मुस्ताङमा लेक लागेर भारतीय पर्यटकको मृत्यु


जनमञ्च संवाददाता
  • २४ मंसिर २०७८ , शुक्रबार

  • मुस्ताङमा लेक लागेर भारतीय पर्यटकको मृत्यु

    जोमसोम, २४ मंसिर – हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एकजना भारतीय पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा आन्द्र प्रदेश अमलापुर भारत घर भइ मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न आएकी ६० वर्षीय बाईकृष्ण बेणी नामकी महिलाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

    पोखरा-जोमसोम हवाइ सेवामार्फत बिहीबार तारा एअरको जहाज चढेर मुक्तिनाथ दर्शन गर्न १४ जना भारतीय पर्यटकको टोली मुस्ताङ आएको थियो। जोमसोमबाट जीप चढेर मुक्तिनाथ दर्शनका लागि गएको टोली र्फर्किने क्रममा साँझ ४ बजे मृतक भारतीय महिला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१ को जीप पार्कमा अचानक बेहोस भइ ढलेकी थिइन्।

    उनलाई उपचारका लागि जोमसोम अस्पताल ल्याइएकोमा साँझ ५ बजे अस्पतालमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशीष अधिकारीले जानकारी दिए। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाइएको छ।

    हिउँदयामसँगै मुस्ताङमा अत्यधिक चिसो बढेको छ। गर्मी क्षेत्रका पर्यटकले मुक्तिक्षेत्रको कुण्ड र धारामा स्नान गर्दा चिसोले निमोनिया र लेंक लाग्ने सम्भावना हुन्छ। प्रहरीले मृतक भारतीय पर्यटक महिलाको पनि लेक लागेर मृत्यु भएको हुने सक्ने प्रारम्भिक अनुमान गरेको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend