१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026
एमालेको चुनाव प्रचार अभियान

अबको प्राथमिकता व्यवहारिक शिक्षा : पौडेल


जनमञ्च संवाददाता
  • २३ बैशाख २०७९ , शुक्रबार

  • अबको प्राथमिकता व्यवहारिक शिक्षा : पौडेल

    बागलुङ, २३ बैशाख– नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागलुङ नगरपालिकाका साझा उमेद्वारहरुले व्यवहारिक शिक्षामा जोड दिने प्राथमिकता रहेको बताएका छन् । बिहिबार बागलुङ नगरपालिका–९ तित्याङको चुनावीसभालाई सम्बोधन गर्दै उमेद्वारहरुले शिक्षामा सुधारको आवश्यकता रहेको बताएका हुन् ।
    चुनावी सभामा नेकपा एमालेको तर्फबाट नगरप्रमुख पदका उमेद्वार जनकराज पौडेलले समय सुहाउँदो शिक्षाका लागि सामुदायिक विद्यालयहरुलाई आवासिय विद्यालयको रुपमा बिकास गर्ने बताए । ‘विश्व बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गर्ने मुख्य चुनौती छ, हाम्रा सामुदायिक विद्यालयहरु रित्तिँदै गएका छन्’ पौडेलले भने ‘सबै सुविधासहित सामुदायिक विद्यालयलाई आवासिय बनाउने योजनामा छु ।’
    पौडेलले प्राविधिक तथा व्यवहारिक शिक्षामार्फत स्वरोजगारी सिर्जनामा लागिने बताए । उनले कृषि र पर्यटनको विकास गरेर बागलुङ नगरलाई समृद्ध सांस्कृतिक पर्यटकीय नगर बनाउने योजना सुनाए । ‘आम जनताका दिनानुदिनका समस्यामा हामी सँगै छौं, सहयोग गरिरहेका छौं’ पौडेलले भने ‘ठुला योजनाका काम पनि भएका छन्, अझै गर्ने योजना छ ।’
    उपप्रमुख पदका उमेद्वार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सञ्जय श्रेष्ठले सामाजिक विकास आफ्नो प्राथमिकतामा रहने बताए । समाजमा रहेका बेथितीको अन्त्य, संबिधानले प्रत्याभुत गरेका अधिकार प्राप्तिका लागि आफु सधैं लडाईंमा रहने भन्दै उनले दलित, महिला, जनजाती समुदायका नागरिकको अधिकारका लागि आफ्नो उमेद्वारी रहेको दाबी गरे ।
    कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्लाका सह–इञ्चार्ज इन्द्रलाल सापकोटाले नेकपा एमाले मात्रै देशको मुहार फेर्न सक्ने पार्टी भएकाले एमाले र एमालेसँग तालमेल गरेका उमेद्वारहरुलाई निर्वाचित गर्नुपर्नेमा जोड दिए ।
    नेकपा एमालेका जिल्ला अध्यक्ष हिरा बहादुर केसीले पाँचदलीय गठबन्धनसँग भ्रम मात्रै रहेको बताए । जनतामा भ्रम सिर्जना गरेर मात्रै निर्वाचन जित्ने दाउ खोज्ने खठबन्धनलाई एजेण्डा र जनताको मन जीतेर चुनाव जित्न चुनौती दिए ।
    राप्रपाका जिल्ला सुरेन्द्र खड्काले बागलुङ नगरपालिकामा राप्रपा एमाले गठबन्धनले यसअघिको निर्वाचनमा जितेपछि भएका काम र हारेका उमेद्वारले पाँच वर्षमा जनताको नजिकै नपर्नु भएको बताए ।
    कार्यक्रममा नेकपा एमालेका उपसचिव गणेश थापा, तित्याङ इञ्चार्ज अनन्त खड्का, वडा अध्यक्षका उमेद्वार अगम खड्का, विद्यार्थी नेता शेखर खड्का, जनप्रतिनिधि गंगा केसी र युवा संघका केन्द्रिय सदस्य सुजन केसी लगायतले बोलेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend