९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

जेठ ३ मा बजेट अधिवेशन आह्वान


जनमञ्च संवाददाता
  • २५ बैशाख २०७९ , आइतबार

  • जेठ ३ मा बजेट अधिवेशन आह्वान

    काठमाडौं, २५ बैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जेठमा संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिशमा अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन्।

    प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९÷१÷२५ को सिफारिशमा सम्वत् २०७९ साल जेठ ३ गते मङ्‌गलबारका दिन १६ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।’

    आजै बसेको मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको थियो।

    संवैधानिक व्यवस्थाअनुसार, १५ जेठमा बजे ल्याउनुपर्छ। त्यसका लागि सरकारले अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो। गत वर्ष भने सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend