८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
स्थानीय तह निर्वाचन २०७९

शीर्ष नेताहरू कहाँ कहाँबाट गर्दैछन् मतदान ?


जनमञ्च संवाददाता
  • २९ बैशाख २०७९ , बिहिबार

  • शीर्ष नेताहरू कहाँ कहाँबाट गर्दैछन् मतदान ?

    काठमाडौं, २९ बैशाख – देशभरका स्थानीय तहमा शुक्रबार एकैसाथ निर्वाचन हुँदै छ । निर्वाचनका लागि मतदाताहरू गाउँ फर्कंदै छन् । शीर्ष नेताहरू पनि मतदानका लागि गृहजिल्ला पुग्नेछन् ।

    कसले कहाँबाट हाल्दै छन् भोट ?
    प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको अग्रिसाम मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

    प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित केन्द्रबाट मतदान गर्नेछन् । उनले महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

    यस्तै, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको टोखा नगरपालिका-७, धापासीस्थित स्काइलार्क स्कुल केन्द्रबाट मतदान गर्नेछन् ।

    कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि केन्द्रबाट मतदान गर्नेछन् ।

    यसैगरी, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका-१४, शिवनगरस्थित शान्तिपुर प्रहरी विद्यालय केन्द्रबाट मतदान गर्दै छन् ।

    माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका-८ स्थित परोपकार माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

    यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरस्थित रामजानकी कन्या मन्दिर केन्द्रबाट मतदान गर्नेछन् ।

    नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल इलामको सूर्योदय नगरपालिका–९ रम्पोक केन्द्रबाट मतदान गर्नेछन् ।

    जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले विराटनगर महानगरपालिका–१४, डिग्री क्याम्पस केन्द्रबाट मतदान गर्नेछन् ।

    जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्नेछन् ।

    यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले महोतरीको पिपरा नगरपालिकास्थित एकरैया केन्द्रबाट मतदान गर्नेछन् ।

    लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिका-२ स्थित केन्द्रबाट मतदान गर्नेछन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले झापाको हल्दिबारी गाउँपालिका–१, गोल्धापबजारस्थित वडा कार्यालय केन्द्रबाट मतदान गर्नेछन् ।

    राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ स्थित वंशगोपाल उच्च मावि केन्द्रबाट मतदान गर्नेछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend