११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

बागलुङमा राष्ट्रिय भजन महोत्सव सुरु


जनमञ्च संवाददाता
  • २४ मंसिर २०७८ , शुक्रबार

  • बागलुङमा राष्ट्रिय भजन महोत्सव सुरु

    बागलुङ, २४ मंसिर – बागलुङको कुँडुलेस्थित शालिग्राम संग्राहलयको प्रचारप्रसार तथा धार्मिक, साँस्कृतिक र पर्यटकीय महत्व बढाउन शुक्रवारदेखि प्रथम राष्ट्रिय भजन महोत्सव शुरु भएको छ ।
    शालिग्राम संग्राहलय, रंगविंकटेश्वर मुक्तीनारायण मन्दिर र मुक्तीनाथ वेद विद्याश्रमको प्रचारसमेत गर्न महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । शुक्रबारदेखि शुरु भएको महोत्सव गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले उद्घाटन गरे ।
    अधिकारीले महोत्सव उद्घाटन गर्दै भजन नेपाली समाजको संस्कृति र इतिहास भएको बताए । उनले भजनबाट धार्मिक कथा र नेपाली संस्कार झल्कने समेत बताए । उनले महोत्सवको सफलताको कामना समेत गरेका थिए । भजन महोत्सव आयोजक समितिका अनुसार यहाँ विभिन्न जिल्लाका ४० बढी भजन समूह र केही स्थानीय समूहले भाग लिनेछन् । चार दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय ख्यातीप्राप्त कलाकारले पनि प्रस्तुतीकरण गर्नेछन् ।
    भजनमार्फत धार्मिक पर्यटक भित्राउने, धार्मिक गन्तव्यको रुपमा शालग्राम संग्राहलयलाई चिनाउने लगायतका काममा महोत्सव फलदायी हुने समेत आयोजकले बताए । ‘यो अभियानले धार्मिक गन्तव्यको रुपमा यो क्षेत्रलाई चिनाउन सहज हुनेछ’ आयोजक समितिका संयोजक राजु खड्काले भने, ‘यस्ता गतिविधि अहिलेसम्म कतै भएका थिएनन् ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend