पोखरा, ५ जेठ – पोखरा महानगरपालिकाको ५५ हजार २ सय ६७ मत गणना हुँदा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका उम्मेदवार धनराज आचार्यको अग्रता कायमै छ ।
मेयरमा एकिकृत समाजवादीका आचार्य २ हजार ७ सय २० मतले अघि रहेका छन। उनले २२ हजार ८ सय ५२ मत ल्याउँदा एमालेका कृष्ण थापाले २० हजार १ सय ३२ मत प्राप्त गरेका छन् ।
उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङ र गठबन्धनकी कोपिला रानाभाट बिच निकै प्रतिस्पर्धा चलिरहेको छ । गठबन्धनकी कोपिला १ सय ४३ मतले मात्रै अग्रता लिएकी छिन् ।
उनले २३ हजार १ सय ६४ मत ल्याउँदा एमालेकी मञ्जुले २३ हजार २१ मत प्राप्त गरेकी छिन् । राप्रपाकी रञ्जना सेनले २ हजार ९९ सय मत प्राप्त गरेकी छिन् ।
५५ हजार २ सय ६७ मत गणना गर्दा यस्तो छ मेयर पदका उम्मेदवारको मत :
धनराज आचार्य गठबन्धन (कलम)– २२८५२
कृष्ण थापा एमाले (सुर्य)–२०१३२
शंकर खराल राप्रपा (हलो)–२३०४
गणेश पौडेल स्वतन्त्र (लौरो)–१३१२
शुसिला केसी अधिकारी विवेकसिल साझा (तराजु) –१७०
प्रेमप्रसाद गुरुङ मंगोल नेसनल अर्गनाइजेसन (कुखुराको भाले) –१३५
मुना बानियाँ अमुल परिवर्तन मसिया पार्टी नेपाल (हृदय)– ६५
संजय तिमिल्सिना मौलिक जरोकिलो पार्टी ( किबोर्ड सहितको कम्प्युटर )–२६
किसान सिंह गुरुङ स्वतन्त्र (पुतली) –५१
सुनिल बहादुर कोइराला स्वतन्त्र (हास) –१९
मुक्तिनाथ सुवेदी नेपाली जनता दल (चक्का पांग्रा) – ४२
भोजराज खनाल सचेत नेपाली पार्टी (सिंह) –१७
नवराज बास्तोला स्वतन्त्र (आँप) –२१
रामराज अधिकारी स्वतन्त्र (खरायो) –३२
अनिल कुमार राई संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी (धापसहितको खुकुरी) –१४
आशिष थापा उन्नत लोकतन्त्र पार्टी ( खुल्ला पुस्तक )–३९
शरण सिंह मोक्तान जनमत पार्टी (लाउड स्पीकर )–१८
गोविन्द प्रसाद शर्मा नेकपा समाजवादी (कार) –६
भोजराज त्रिपाठी नेकपा माओवादी समाजवाद (महिला पुरुष)–७
दिलबहादुर गुरुङ स्वतन्त्र (गुलाबको फुल)– ५
विमल बहादुर कार्की (भुइकटर)– ३
सृर्जना देवी रिजाल कार्की राष्ट्रिय नागरिक पार्टी (चंगा)–४
रनबहादुर दमै देशभक्त समाज (बाह्रसिगे जरायो) – २