२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

मतगणना नसकिँदै प्रतिस्पर्धीले दिए मीना लामालाई बधाई


जनमञ्च संवाददाता
  • ६ जेष्ठ २०७९ , शुक्रबार

  • मतगणना नसकिँदै प्रतिस्पर्धीले दिए मीना लामालाई बधाई

    हेटौंडा, ६ जेठ – हेटौंंडा उपमहानगरपालिकाको मेयरका उम्मेदवार मीना लामालाई मतगणना नसकिँदै प्रतिस्पर्धी उम्मेदवारले बधाई दिएका छन्।

    हेटौंडामा करीब दुई हजार मग गन्न बाँकी छ। मेयरमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की उम्मेदवार लामा दुई हजार मतले अगाडि छन्।

    मतगणना चलिरहेकी वेला नेकपा (एमाले) उम्मेदवार अनन्त पौडेलले लामालाई बधाई दिएका हुन्। प्राविधिक रुपमा घोषणा हुन बाँकी भए पनि लामाले चुनाव जितिसकेकाले बधाई दिएको पौडेलले बताए।

    हेटौंडामा शुरूआतदेखि नै लामा र पौडेलबीच प्रतिस्पर्धा चलिरहेको छ। उनीहरूसँगै प्रतिस्पर्धामा रहेका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह अहिले तेस्रो नम्बरमा छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend