काठमाडौं, २५ मंसिर – नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन सबै प्रदेशमा एकैसाथ शुरु भएको छ । सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल ‘दाहाल प्रचण्ड’ले भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गरि १० प्रदेशको सम्मेलन गर्न लागेको हो । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।
सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ। प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन्।