१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

तनहुँको व्यास नगरपालिकामा कांग्रेस विजयी


जनमञ्च संवाददाता
  • ९ जेष्ठ २०७९ , सोमबार

  • तनहुँको व्यास नगरपालिकामा कांग्रेस विजयी

    तनहुँ, ९ जेठ – तनहुँको व्यास नगरपालिकाका नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा वैकुण्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरै विजयी भएका हुन् ।

    मेयरमा विजयी न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८ सय २६ मत प्राप्त गरे ।

    रोचक बनेको व्यास नगरपालिकाको चुनावमा एमालेको समर्थन पाएका दीपकराजको पक्षमा करिब एक हजार मत भने बदर हुन पुग्यो । तनहुँ सदरमुकाम समेत रहेको दमौली बजार क्षेत्रमा पर्ने वडा नम्बर १, २, ३, ४, ५ मा दीपकराज धेरै मतान्तरले अगाडि थिए । तर वडा नम्बर ६, ७, ८ को गणना गर्दा न्यौपानेले मतान्तर घटाउँदै लगे र वडा नम्बर १० को गणना गर्न थालेपछि वैकुण्ठले दीपकराजलाई उछिनेका हुन् ।

    यता उपप्रमुखमा कांग्रेसकै इन्दिरा दरैले १३ हजार ४ सय ९८ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी वसुन्धरा घर्तीले १० हजार ४२ मत पाएकी छन् ।

    व्यासको मेयरमा वैकुण्ठले दोस्रो पटक जित हासिल गरेका हुन् । अघिल्लो निर्वाचनमा उनले नेकपा एमालेका उम्मेदवार शंकरनारायण श्रेष्ठलाई ३ हजार ४६४ मत अन्तरले पराजित गरेका थिए । न्यौपानेले १३ हजार ४ सय ६४ मत प्राप्त गर्दा श्रेष्ठले ९ हजार ५९२ मत पाएका थिए ।

    २०७४ चुनाव भन्दा यसपालिको चुनावमा न्यौपानेलाई जित्न सकस पर्यो । किनकी यस पालिकामा उनका प्रतिस्पर्धी रहेका जोशी कांगे्रसबाट असन्तुष्ट बनेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा थिए । उनले नेकपा एमालेसँग तालमेल गरी चुनाव लडेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend