९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

महानगरमा एमाले शुल्य, एस नाफामा


जनमञ्च संवाददाता
  • १३ जेष्ठ २०७९ , शुक्रबार

  • महानगरमा एमाले शुल्य, एस नाफामा

    पोखरा, १३ जेठ – स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। ७ सय ५३ पालिकामध्ये ७ सय ५१ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।

    अब मात्रै २ पालिकाको नतिजा सार्वजनिक हुन बाँकी छ । देशभरका पालिकाको नतिजामा एमाले दोस्रो हुँदा ६ महानगरपालिकामा भने शून्य भएको छ।

    २०७४ को निर्वाचनमा कांग्रेस–एमालेले समान २-२ महानगर जितेका थिए भने माओवादी र जसपाले समान १–१ मा जित हासिल गरेका थिए। अघिल्लो निर्वाचनमा महानगरमा जित हासिल गर्ने दलले यसपटकको निर्वाचनमा फेरि जितेर विरासत जोगाउँदै गर्दा एमालेले भने पहिले जितेका महानगर पनि गुमाएको छ।

    ६ महानगरमध्ये विराटनगर र ललितपुर महानगर नेपाली कांग्रेसले जोगायो। यसअघि पनि यी दुबै पालिकामा नेपाली कांग्रेस विजयी भएको थियो।

    यसअघि एमालेले जितेको पोखरामा यसपालि नेकपा एकीकृत समाजवादीले जित हात पारेको छ। पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठवन्धनका साझा उम्मेदवार नेकपा ९एकीकृत समाजवादी० का धनराज आचार्य निर्वाचित भएका हुन्।

    उनले एमालेका कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले हराउँदै विजयी भए।

    भरतपुरमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भइन्। उनले एमालेका विजय सुवेदीलाई १२ हजार बढी मतले हराइन्। वीगन्जमा जसपाका उम्मेदवार राजेशमान सिंहले फराकिलो मतान्तरले एमालेका विजय सरावगीलाई हराए।

    विराटनगरमा कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन् । उनले एमालेका सागर थापालाई ९ हजार बढी मतले हराए।

    काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी भए। यसअघि जितेको काठमाडौंमा एमाले यसपालि तेस्रो भयो।

    मेयरमा निर्वाचित स्वतन्त्र उम्मेदवार बालेन शाहले ६१ हजार ७६७ मत ल्याएका छन्। त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन्। एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन्।

    बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढी पाए। सिर्जना सिंहले केशव स्थापितभन्दा २२४ मत मात्र धेरै ल्याएकी छन्।

    ललितपुर महानगरपालिकामा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन विजयी भएका छन्। महर्जनले १२ हजार ९४३ मतले निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का हरिकृष्ण व्यञ्जनकारलाई हराए। व्यञ्जनकारले २९ हजार ९८६ मत प्राप्त गर्दा महर्जनले ४२ हजार ९ सय २९ मत प्राप्त गरे।

    यता मेयरमा शून्य भएको नेकपा एमालेले उपमेयरमा भने ४ वटा महानगरमा जित निकालेको छ। एमालेले यसपालि काठमाडौं, ललितपुर, पोखरा र विराटनगर महानगरपालिकाको उपमेयर जितेको छ।

    यसअघि नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले काठमाडौंको उपमेयर जित्दा यसपालि एमालेकी सुनिता डंगोल निर्वाचित भइन्।
    उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई तेब्बर मतान्तरले हराइन्।

    उनले ६८ हजार ६१२ मत पाउँदा उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत पाए। उपमेयरमै आँखीझ्याल चुनाव चिह्न लिएर उठेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्‍ठ ९महर्जन० ले १३ हजार ६९५ मत पाएकी छन् भने राप्रपाकी बिनिता मगैयाले १२ हजार १४१ मत पाएकी छन्।

    यसैगरी, ललितपुरको उपप्रमुखमा एमालेकी मञ्जली शाक्य २४ हजार ५५२ मतसहित विजयी भइन्। उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेकपा ९माओवादी केन्द्र० का बाबुराजा बज्राचार्यलाई हराइन्। बज्राचार्यले १७ हजार ५८८ मत पाउँदा शाक्यले ७ हजार बढी मतान्तरले हराइन्।

    यस्तै पोखरा महानगरको उपमेयरमा एमालेकी मञ्जुदेवी गुरूङ पुनः निर्वाचित भइन्। उनले कांग्रेसकी कोपिला रानाभाटलाई हराइन्। गुरूङले ६० हजार ५४६ मत पाउँदा रानाभाटले ५६ हजार ६६३ मत पाएका थिए।

    यसैगरी विराटनगर महानगरपालिकाको उपमेयरमा पनि नेकपा एमालेकै शिल्पा कार्की विजयी भइन्। उनले २५ हजार ६८० मत ल्याउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार जसपाका अमरेन्द्र यादवले १४ हजार २१९ मत पाए।

    भरतपुर महानगरपालिका र वीरगन्ज महानगरपालिकामा भने कांग्रेसका उम्मेदवार फराकिलो मतान्तरसहित विजयी भए।

    भरतपुरमा नेपाली कांग्रेसका चित्रशेन अधिकारी ५२ हजार ८ सय ३ मतका साथ विजयी भए। उनले राप्रपा(एमालेको गठबन्धनका उम्मेदवार हिमला गुरूङलाई २० हजार बढी मतान्तरले हराए। गुरूङले ३० हजार ६ सय ११ मत ल्याइन्।

    यस्तै वीरगन्ज महानगरपालिकाको उपमेयरमा पनि नेपाली कांग्रेसकै इम्तियाज आलम विजयी भए। उनले एमालेसँग गठबन्धन गरेको लोकतान्त्रिक समाजवादी पार्टीका पुरूषोत्तम लाल झालाई तेब्बर बढी मतान्तरमा हराए। आलमले ३००७८ मत ल्याउँदा झा ले ९५६८ मत ल्याए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend