९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
नेपालमा हवाई दुर्घटना : ७६ वर्षमा ५५ विमान दुर्घटना

पोखरा-जोमसोम रुटमा धेरै दुर्घटना, जहाँ ११७ जनाको ज्यान गयो


जनमञ्च संवाददाता
  • १७ जेष्ठ २०७९ , मंगलबार

  • पोखरा-जोमसोम रुटमा धेरै दुर्घटना, जहाँ ११७ जनाको ज्यान गयो

    पोखरा, १७ जेठ – नेपालमा ७६ वर्षमा ५५ वटा हवाइ विमान दुर्घटना भएका तथ्यांक छन् । दुर्घटनामा परी अहिलेसम्म आठ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

    नेपालमा पहिलोपटक सन् १९४६ मे ७ मा हवाइ विमान दुर्घटना भएको थियो ।
    १४ जना सैनिकसहित दुई जना चालक दलका सदस्य रहेको रोयल फोर्सको जहाज पहिलोपटक नेपाली आकशमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मानवीय क्षति भने भएको थिएन ।

    त्यसपछि सन् १९५५ मा कालिंगा एयरको विमान सिमरा विमानथलमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो ।

    १९५६ मा इण्डियन एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।

    सन् १९५७ मा इन्डियन एयरलाइन्सको विमान पाट्नेभञ्ज्याङ, टीकारभैरवमा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो ।

    सन् १९५८ मा इण्डियन एयरलाईन्सको विमान टिकाभैरवमा दुघर्टना हुँदा २० जनाको मृत्यु भएको थियो ।

    सन् १९६० मा नेपाल वायुसेवा निगमको विमान भैरहवामा दुघर्टना भयो । उक्त दुर्घटनामा चारजनाको मृत्यु भएको थियो ।

    सन् १९६२ मा नेपाल वायुसेवा निगमको विमान ढोरपाटनमा दुर्घटना हुँदा १० जनाको मृत्यु भयो ।

    सन् १९६२ मा पनि नेपाल वायुसेवा निगमको विमान ढोरपाटनमै दुर्घटना भयो । यस दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।

    सन् १९६९ मा नेपाल एयरलाइन्सको विमान बतासेडाँडामा दुर्घटना भएको थियो । यहाँ ३५ जनाको ज्यान गएको थियो ।

    सन् १९७० मा नेपाल एयरलाइसको विमान दिल्लीमा दुघर्टना हुँदा एकजनाको मृत्यु भएको थियो ।

    सन् १९७० मा रोयललाईट जोमसोममा दुघर्टना हुँदा एकजनाको मृत्यु भएको थियो ।

    सन् १९७२ मा रोयल लाईट विमान धुलिखेलमा दुर्घटना हुँदा ३१ जनाको मृत्यु भयो ।

    सन् १९७५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा पाँचजनाको मृत्यु भएको थियो ।

    सन् १९७६ मा नेपाल एयरलाइसको विमान मेघौलीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

    सन् १९७९ मा भिभिआइपी लाङटाङमा दुर्घटना दुर्घटना भयो । यस दुर्घटनामा ६ जनाको मृत्यु भयो ।

    सन् १९८१ मा नेपाल एयरलाइसको विमान विराटनगरमा दुघर्टना भएको थियो । यहाँ १० जनाको मृत्यु भएको थियो ।

    सन् १९८४ मा पनि नेपाल एयरलाइसको विमान भोजपुरमा दुर्घटना हुँदा १५ जनाको ज्यान गएको थियो ।

    सन् १९८५ मा नेपाल आम सवार विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको थियो ।

    सन् १९९२ मा थाई एयरको विमान रसुवाको याङफेदमा दुघर्टना हुँदा ११३ जनाको ज्यान गएको थियो ।

    नेपाली आकाशमा पुनः अर्को सय भन्दा बढीको ज्यान जाने दुर्घटना सन् १९९२ मा भयो । त्यतिबेला पाकिस्तान एयरलाइन्सको विमान दुर्घटना भएको थियो । ललितपुरको भट्टेडाँडामा भएको उक्त दुघर्टनामा १६७ जनाको मृत्यु भएको थियो ।

    सन् १९९२ मा एभरेष्ट्र एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

    सन् १९९५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो ।

    सन् १९९७ मा कर्णाली एयरको विमान सोलुमा दुर्घटना भयो । यस दुर्घटनामा एकजनाको ज्यान गएको थियो ।

    सन् १९९८ मा एटएससी लिबनी विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

    सन् १९९८ मा एशियन एयरको विमान सोलुुखुम्बुमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो ।

    सन् १९९८ मा नेपाल एयरलाइन्सको विमान पनि सोलुखुम्बुमै दुर्घटना हुँदा एकजनाको ज्यान गएको थियो ।

    सन् १९९९ मा नेकोन एयरको विमान जुम्लामा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको थियो ।

    सन् १९९९ मा स्काईलाइनको विमान मकवानपुरमा दुर्घटना भयो । उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको थियो ।

    सन् २००० मा नेपाल एयरलाइन्सको विमान डडेल्धुरामा दुर्घटना हुँदा २५ जनाको ज्यान गएको थियो ।

    सन् २००१ मा फिस्टेल एयरको विमान रारा तालमा खसेर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो ।

    सन् २००२ मा स्काईलाईनको विमान सुर्खेतमा दुर्घटना हुँदा चारजनाको मृत्यु भयो ।

    सन् २००२ मा सांग्रीला एयरको विमान कास्कीमा दुर्घटना भएको थियो । यो दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।

    सन् २००४ मा यति एयरलाइन्सको विमान लमजुङमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भयो ।

    सन् २००५ मा एयर डाइनस्टिकको विमान रामेछापमा दुर्घटनामा पर्यो । सो दुर्घटनामा तीजनाको मृत्यु भएको थियो ।

    सन् २००६ मा यति एयरलाइसको विमान जुम्लामा दुर्घटना हुँदा नौजनाको मृत्यु भएको थियो ।

    सन् २००६ मा यति एयरलाइसकै विमान सोलुखुम्बुको लुक्लामा दुर्घटना भयो । यो दुर्घटनामा १९ जनाको मृत्यु भयो ।

    सन् २०१० मा अग्नि एयरको विमान मकवानपुरमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।

    सन् २०११ मा तारा एयरको विमान ओखलढुंगामा दुर्घटना भयो । उक्त दुर्घटना २२ जनाको मृत्यु भएको थियो ।

    सन् २०११ मा बुद्ध एयरको विमान लतिलतपुरमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो ।

    सन् २०१२ मा अग्नि एयरको विमान मुस्ताङको जोमसोममा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो ।

    सन् २०१२ मा सीता एअरको विमान भतपुरमा दुर्घटना भयो । यो दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।

    सन् २०१५ मा टर्किस एयरलाइन्सको विमान दुर्घटना भयो । तर मानवीय क्षति भने भएन ।

    सन् २०१८ मा त्रिभूवन विमानस्थलमा बंगला एयरलाइन्सको दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको थियो ।

    सन् २०१८ मा अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना भयो । सो दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।

    सन् २०१८ मै हुम्लाको सिमिकोटमा मकालु एयरको विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो ।

    सन् २०१९ मा ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको मृत्यु भएको थियो ।

    सन् २०१९ मा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको थियो ।

    पोखरा-जोमसोम रुटमा धेरै दुर्घटना, ११७ जनाको ज्यान गयो

    पोखरा-जोमसोम हवाइ रुट सबैभन्दा असुरक्षित देखिएको छ । यो रुटमा अहिलेसम्म १० वटा विमान दुर्घटना हुँदा ११७ जनाको मृत्यु भएको तथ्यांक छ ।

    २०१९ सालमा बागलुङको ढोरपाटनमा नेपाल वायुसेवा निगमको जहाज दुर्घटना हुँदा १० जनाले ज्यान गुमाए ।

    सोही वर्ष नेपाल वायुसेवा निगमकै जहाज ढोरपाटनमै दुर्घटना भयो । जतिबेला ६ जनाको मृत्यु भयो ।

    ८ वर्षपछि २०२७ सालमा रोयल लाइट विमान जोमसोममा दुर्घटना हुँदा एकजनाले ज्यान गुमाए ।

    १८ वर्षअघि २०६२ सालमा यति एयरलाइन्सको विमान लमजुङमा दुर्घटना हुँदा तीनजनाले ज्यान गुमाएका थिए ।

    त्यस्तै २०५६ सालमा पनि जोमसोम रुटमै पर्ने म्याग्दीको नारच्याङमा लुम्बिनी एअरको विमान दुर्घटना हुँदा चालक दलसहित १८ जनाको ज्यान गएको थियो ।

    ३ भदौ २०५९ मा जोमसोमबाट पोखरा फर्किएको सांग्रिला एयरको विमान पोखरामा दुर्घटना भयो । सो दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।

    २०६९ जेठ १ मा अग्नि एयरको विमान जोमसोममा दुर्घटना भएको थियो । विमानस्थल नजिकै पानी ट्यांकीमा दुर्घटना हुँदा १५ जनाले यसमा ज्यान गुमाए ।

    ७ वर्षअघि २०७२ फागुन १२ मा तारा एयरको विमान दुर्घटना भयो । म्याग्दीमा भएको उक्त दुर्घटनामा २३ जनाको ज्यान गएको थियो ।

    २०७३ साल भदौमा तारा एयरकै जहाज धावनमार्गबाट चिप्लिएर कालीगण्डकीमा खस्यो । तर त्यतिबेला मानवीय क्षति भएन ।

    २०७९ को जेठ १५ गते तरा एयरकै जहाज दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ । प्रायः दुर्घटनाको कारण प्राविधिक भएको बताइन्छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend