१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

पर्वतमा गोलाप्रथाबाट जिल्ला समन्वय समिति, प्रमुखमा एमाले


जनमञ्च संवाददाता
  • २७ जेष्ठ २०७९ , शुक्रबार

  • पर्वतमा गोलाप्रथाबाट जिल्ला समन्वय समिति, प्रमुखमा एमाले

    कुश्मा, २७ जेठ – बरावर मत भएपछि पर्वतमा जिल्ला समन्वय समिति गठन गर्न नेकपा एमाले र सत्ता गठबन्धनविच गोलापर्थाबाट सहमती खोजिएको छ । जिसस गठन गर्न एमाले र सत्ता गठबन्धन विच गोलाप्रथाबाट प्रमुख, उप्रमुख लिने सहमति भएको हो ।

    सहमतिअनुसार गोलाप्रथा गर्दा प्रमुख एमालेको भागमा परेको छ । उपप्रमुख सहित बहुमत सदस्य भने सत्ता गठबन्धनको भागमा परेको छ ।
    जिल्ला समन्वय समितिमा एमाले र गठबन्धनका बिचमा समान ७ मत रहेका कारण सर्वसम्मत उमेदवारी दिने सहमति भएको थियो।

    प्रमुख र उपप्रमुखको टुंगो लगाउने क्रममा गोलाप्रथाबाट एमालेको भागमा प्रमुख र सत्ता गठबन्धनलाई उपप्रमुख परेको हो ।

    गोलापर्थाबाट भागबण्डा मिलाएपछि एमालेबाट प्रमुखमा बिष्णुराम विक र गठबन्धनबाट उपप्रमुखमा सोम जिसीले उमेदवारी दिने तयारी गरेका छन । एमालेले ३ सदस्य र सत्ता गठबन्धनले ४ सदस्यलाई उमेदवार बनाउने सहमति भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend