२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

जनगायक शर्मा बाबुराम-सरस्वती कोषबाट पुरस्कृत


जनमञ्च संवाददाता
  • २७ जेष्ठ २०७९ , शुक्रबार

  • जनगायक शर्मा बाबुराम-सरस्वती कोषबाट पुरस्कृत

    बागलुङ, २७ जेठ –  यहाँ स्थापित ‘कलाकार बाबुराम-सरस्वती बज्राचार्य स्मृति पुरस्कार’बाट पुरस्कृत भएका छन् । पुरस्कार कोषद्वारा आयोजित समारोहमा बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले शर्मालाई रु. २० हजार राशिसहित दोसल्ला र प्रमाणपत्र प्रदान गरे ।

    सङ्गीत साधनाका माध्यमबाट श्रमजीवी जनता तथा न्याय र समानताका पक्षमा आवाज उठाएबापत शर्मालाई पुरस्कृत गरिएको कोषका अध्यक्ष काजी रोशनले बताए । पुरस्कार ग्रहणपछि बोल्दै शर्माले आफ्नै जिल्लामा सम्मानित हुन पाउँदा गौरवको अनुभूति भएको बताए ।

    “पुरस्कारले प्रेरणा र उर्जा थपेको छ”, उनले भने, “कुनै बेला हामीले गीत गाउँदा हत्कडी लगाइन्थ्यो, अहिले गलामा फूलको माला छ ।” सोही समारोहमा शर्माले आफ्नो बहुचर्चित गीत ‘सिमली छायाँ बसी…’ सुनाए ।

    बागलुङको जैमिनी नगरपालिका–१० राङखानीमा जन्मेका ६२ वर्षीय शर्मा लामो समयदेखि जनपक्षीय सङ्गीत सिर्जना र गायनमा सक्रिय छन् । रक्तिम सांस्कृतिक अभियानका संस्थापकसमेत रहनुभएका शर्माका ‘सिमली छायाँमा बसी’, ‘झरनाको चिसो पानी’, ‘छेकेर छेकिन्न’ लगायतका गीत चर्चित छन् ।

    स्मृति कोषले भदौरे नाचको संरक्षण र उत्थानमा योगदान पु¥याएको भन्दै ज्ञानोदय बुद्ध बिहार बागलुङलाई पनि पुरस्कृत गरेको छ । रु. २० हजार राशिको उक्त पुरस्कार बिहारका अध्यक्ष लिलाम्बर बज्राचार्यलाई प्रदान गरिएको थियो ।

    कलाकार बाबुराम बज्राचार्य र उहाँकी धर्मपत्नी सरस्वती बज्रचार्यको स्मृतिमा उनका परिवारजनले विसं २०६६ मा स्मृति कोष खडा गरेका थिए । कोषबाट यसअघि मूर्तिकार ओम खत्री, कलाकार विक्रम श्रेष्ठ, लक्ष्मण शाक्यलगायत पुरस्कृत भइसकेका छन् ।
    कार्यक्रममा कोषका सदस्य काजी गाउँले श्रेष्ठले जनवादी गायक जीवन शर्माको जीवनी बारेमा बताएका थिए । कार्यक्रम कोषका अध्यक्ष काजी रोशनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend