९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल


जनमञ्च संवाददाता
  • ९ असार २०७९ , बिहिबार

  • पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल

    पोखरा, ९ असार – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ।

    मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा त्यहाँका विशेषज्ञसहित क्षेत्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरुले बिहीबार ५० वर्षीया महिलामा मिर्गौला प्रत्यारोपण गरेका हुन्।

    यो अस्पतालमा मिर्गौला प्रत्यारोपण पहिलोपटक भएको हो।

    भक्तपुरका डा. पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा. प्रकाश क्षेत्री, डा. अनुप चापागाईं डा. माया लामा, डा. जुजु श्रेष्ठ, डा. अमृत केसीको मेडिकल टिमले प्रत्यारोपण गरेको अस्पतालका निर्देशक डा. भरत खत्रीले जनाएका छन्।

    प्रत्यारोपण गरिएका बिरामीको नाम गोप्य राखिएको छ। मिर्गौला प्रत्यारोपण गरिएकी महिलालाई उनकै श्रीमानले मिर्गौला दिएका हुन्।

    चार घन्टा लामो अप्रेसनपछि मिर्गौला प्रत्यारोपण सफल भएको थियो। ‘बिरामीलाई आईसीयूमा अरुसँग होइन, एक्लै राखेका छौं, पिसाब गराउन डायलाइसिस पनि गर्नुपरेन, आफै गर्नुभयो,’ डा खत्रीले भने, ‘पहिलो चरण सफल भयो, अब पाँच दिन अस्पतालमै राखेर औषधोपचार गरी डिस्चार्ज गर्छौं।’

    मिर्गौला प्रत्यारोपण गर्नुअघि अंग प्रत्यारोपण स्वीकृति समितिले नाता प्रमाणितलगायत र अंग दान गर्न सक्ने स्वीकृति प्रदान गरेको छ। मिर्गौला प्रत्यारोपणका लागि यस्तो समिति क्षेत्रीय अस्पतालमा बनिसकेको छ। मिर्गौला प्रत्यारोपण गरेका बिरामीले यसअघि नै काठमाडौंमासमेत उक्त प्रक्रिया पूरा गरेका थिए।

    तर प्रत्यारोपण पोखरामा ल्याएर गरिएको हो। पोखरामासमेत उक्त समितिले स्वीकृति दिएको हो। नेपालमा मिर्गौला दान परिवारका सदस्यले मात्रै गर्न सक्ने कानुनी व्यवस्था छ।

    पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नवनिर्मित भवनको अप्रेसन थियटरमै मिर्गौला प्रत्यारोपण गरिएको जानकारी डा. प्रकाश क्षेत्रीले दिए। उनकाअनुसार पोखरामै मिर्गौला प्रत्यारोपण नियमित गरिनेछ।

    गण्डकी प्रदेशभरि सयौं बिरामीको मिर्गौला फेल भई क्षेत्रीय लगायत अस्पतालमा डायलाइसिस गराइरहेका छन्। तिनीहरुको दीर्घकालीन उपचार भनेको मिर्गौला प्रत्यारोपण हो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend