९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

नेतृत्व परिवर्तन हुन्छ, गठबन्धन सुदृढ बनाउँछौँ : शेखर कोइराला


जनमञ्च संवाददाता
  • २७ मंसिर २०७८ , सोमबार

  • नेतृत्व परिवर्तन हुन्छ, गठबन्धन सुदृढ बनाउँछौँ : शेखर कोइराला

    काठमाडौं, २७ मंसिर – नेपाली कांग्रेसको १४औँ महाधिवेनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले सरकार र गठबन्धनलाई अझ सुदृढ बनाएर निर्वाचनमा जाने बताएका छन्। ‘यो सरकारलाई अझ सुदृढ बनाएर, सत्तागठबन्धनलाई सुदृढ बनाएर निर्वाचनमा जाने हो। अर्ली निर्वाचन भन्ने कुरा आउँदैन,’ उनले भने। उनले यो अधिवेशनपछि कांग्रेसको नेतृत्व परिवर्तन हुने बताए।

    आइतबार साँझ आयोजिक पत्रकार सम्मेलनमा उनले एउटा व्यक्ति नरहने बित्तिकै अधिनायकवाद आउँछ भन्ने सोच नै अधिनायकवादी भएको बताए। उनले रामचन्द्र पौडेल र शशांक कोइरालाको आशिर्वाद आफ्नो समूहलाई भएको बताए।
    पार्टीको निर्वाचन राज्यसत्तासँग पनि गाँसिएर आउनु नेपाली कांग्रेसका लागि दुःखद भएको उनको भनाइ छ। असल नेपाली कांग्रेस बनाउने कल्पनालाई अगाडि बढाउन आफ्नो टिम सक्षम भएको उनले बताए।

    निर्वाचनको दौरान गृह प्रशासनले कसरी काम गर्यो भन्ने भनिरहनु नपर्ने उनले टिप्पणी गरे। वरिष्ठ नेता रामचन्द्र पौडेललाई सहमतिको उम्मेदवार बनाउन नसकेपछि आफू सभापतिमा उठेको उनले बताए। ‘मैले उहाँलाई छोडेको हो तर उहाँको नाममा सहमति हुन सकेन म पनि उठेँ भनेर भने। उहाँलाई म अत्यन्त सम्मान गर्छु,’ कोइरालाले भने।  महाधिवेशनपछि पार्टीमा गुट उपगुटको अन्त्य गर्दै पार्टीमा मौलाएको भागबन्डाको संस्कृतिको अन्त्य गर्ने उनले बताए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend