८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेता निजगढमा

कम क्षतिमा निजगढमै विमानस्थल बनाउँछौं: प्रधानमन्त्री


जनमञ्च संवाददाता
  • १८ असार २०७९ , शनिबार

  • कम क्षतिमा निजगढमै विमानस्थल बनाउँछौं: प्रधानमन्त्री

    काठमाडौं, १८ असार – प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बताएका छन्।

    गठबन्धनका शीर्ष नेतासहित शनिबार निजगढ क्षेत्रको निरीक्षणमा बारा पुगेका प्रधानमन्त्री देउवाले संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अहिले प्रस्तावित भएको ठाउँमै विमानस्थल बनाइने बताए। यसका लागि विज्ञसँग छलफल भइरहेको उनको भनाइ थियो।

    दुई वटा रनवे सहितको विमानस्थल बनाइने बताउँदै प्रधानमन्त्री देउवाले भने, “कम क्षतिमा जसरी पनि विमानस्थल स्थापना गर्न थालेको क्षेत्रमा विमानस्थल निर्माण गर्छौं।”

    सर्वोच्च अदालतले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी सरकारका निर्णय खारेजको छ। अहिलेसम्म भएका निर्णय विधिसम्मत नभएको सर्वोच्चको ठहर छ।

    सर्वोच्चको फैसलाका विषयमा प्रतिक्रिया जनाउँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अदालतको फैससाले विमानस्थल निर्माणमा रोक नलगाएको बताए। “सर्वोच्च अदालतबाट विमानस्थल अवरुद्ध गर्ने कुनै आदेश छैन। विमानस्थल बन्छ,” दाहालले भने, “निजगढ विमानस्थल राष्ट्रिय गौरवको एउटा ड्रिम प्रोजेक्ट पनि हो।”

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष मावधकुमार नेपालले पनि निजगढमै विमानस्थल बनाउनुपर्नेमा बताए। सर्वोच्च अदालतको फैसलाले विमानस्थल बनाउने बाटो खोलेको बताउँदै नेपालले भने, “प्राकृतिक स्रोत साधनको कम क्षति सहित निजगढमा विमानस्थल बनाउनुपर्छ।”

    प्रधानमन्त्री देउवा सहित गठबन्धनका शीर्ष नेता बारा पुगेका छन्। उनीहरूले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको अवलोकन गर्ने भएका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend