काठमाडौं, २७ मंसिर – नेपाली कांग्रेसको मतदानको समय थपिएको छ। १४औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि जारी मतदानको समय राति ९ बजेसम्मको समय थप भएको हो। केन्द्रीय निर्वाचन समितिले यसअघि साँझ ५ बजेसम्म मतदान गर्ने समय निर्धारण गरेको थियो।
मतदानमा ढिला भएपछि समय थप भएको निर्वाचन समितिले जनाएको छ। मतदानमा साँझ पौने ६ बजेसम्म २८०९ मत खसेको छ । निर्वाचन समितिका अनुसार आजै मतगणना सुरू हुनेछ। कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ। पहिलो चरणमा सभापतिको मतगणना हुनेछ।