१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

निर्वाचन तयारीमा जुट्न ओलीको निर्देशन


जनमञ्च संवाददाता
  • २१ साउन २०७९ , शनिबार

  • निर्वाचन तयारीमा जुट्न ओलीको निर्देशन

    काठमाण्डौ/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले उपत्यका विशेष प्रदेश कमिटीले हिजो मध्यपुरथिमिको बोडेमा आयोजना गरेको राजनीतिक कार्यशालामा उनले आउँदो निर्वाचनका लागि फोकस भएर लाग्न निर्देशन दिए ।

    ओलीले भने, ‘आउँदो चुनाव हामीले हार्नु हँुदैन, त्यसैले मङ्सिर ४ गतेको निर्वाचनलाई फोकस भएर चुनावको तयारीमा लाग्नुहोस्, चुनाव हार्दा पनि एमालेका लागि त केही छैन तर देशले हार्छ, त्यसैले देशलाई जिताउन पनि अब एमालेलाई जिताउनै पर्छ ।’ अध्यक्ष ओलीले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीले सङ्गठित र इमान्दारी पूर्वक लागेमा एक्लै बहुमत प्राप्त गर्न सक्ने दाबी गर्दै पार्टीका नेता, कार्यकर्ताले इमान्दारी पूर्वक लाग्नु पर्ने बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend