काठमाडौं, २८ मंसिर – नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनामा ४७२ मत लिएर शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् । उनलाई अर्का उम्मेदवार शेखर कोइरालाले ३७६ मत लिएर पछ्याइरहेका छन् । हालसम्म १००० मत गणना भएको निर्वाचन समितिले जनाएको छ ।
प्रकाशमान सिंहले ४२, विमलेन्द्र निधिले ३९ र कल्याण गुरुङले ४ मत पाएका छन् । राष्टिय सभागहृमा प्रदेश २ बाट मतगणना सुरु भएको हो । कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।