८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनको उम्मेदवारी


जनमञ्च संवाददाता
  • १७ मंसिर २०७८ , शुक्रबार

  • अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनको उम्मेदवारी

    काठमाडौं, १७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङदेनको उम्मेदवारी परेको छ । यस्तै, एक महिलासहित ४ उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । जस अन्तर्गत जगत प्रसाद गौचन, रामचन्द्र राय यादव, लिला देवी श्रेष्ठ, विक्रम पाण्डे, रोशन कार्की, ध्रुव बहादुर प्रधान, वुद्धिमान तामाङ र गंगादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।

    यस्तै, एक महिलासहित तीन महामन्त्री पदका लागि रेखा थापा, डा धवल शमशेर राणा, श्याम प्रसाद तिमल्सिना, भुवन कुमार पाठक, भास्कर भद्रा र कुन्ती कुमारी शाही गरी ६ जनाको उम्मेदवारी परेको छ । यसरी राप्रपामा ८ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ ।

    यस्तै १४१ केन्द्रीय सदस्य पदका लागि २६४ जनाको उम्मेदवारी परेको छ । शुक्रबार अपराह्न ४ बजेसम्म दाबी, विरोध तथा नाम फिर्ता लिनका लागि समय दिइएको छ । त्यसपछि मात्रै अन्तिम नामावली सार्वजनिक गरिने वरिष्ठ अधिवक्ता तथा निर्वाचन समितिका सदस्य राजु बस्नेतले जानकारी दिए । समितिले बिहीबार साँझ नै ४३८० जनाको मतदाता नामावली प्रकाशन गरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend