२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

करिश्माले १२ कक्षा पास गरिन्, रचनाले संगीत विषय लिएर स्नातक पढ्ने


जनमञ्च संवाददाता
  • १७ मंसिर २०७८ , शुक्रबार

  • करिश्माले १२ कक्षा पास गरिन्, रचनाले संगीत विषय लिएर स्नातक पढ्ने

    काठमाडौं, १७ मंसिर-अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ-असोजमा लिएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ ।

    गोदावरीस्थित किटिनी माविबाट परीक्षा दिएकी करिश्माले २.४१ जीपीए ल्याएर कक्षा १२ उत्तीर्ण गरेकी हुन् । उनले कोरोना महामारीका कारण नियमित कक्षा नभएको भन्दै नतिजाबाट आफू खुशी रहेको प्रतिक्रिया दिइन् ।

    करिश्माले  भनिन्, ‘कोरोना महामारीका कारण पढाइ राम्रो भएको थिएन । । छोटो समयको तयारीले परीक्षा दिएकी थिएँ । आशा नै यति गरेकी थिएँ, नतिजाबाट खुशी छु ।’

    उनले अब स्नातक तहमा भर्ना भएर पढाइलाई निरन्तरता दिने बताइन् । ‘पढाइलाई निरन्तरता दिन्छु । स्नातकमा ग्रामीण विकास मूल विषय लिएर पढ्ने ईच्छा छ,’ उनले भनिन् ।

    यसैगरी पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालले पनि कक्षा १२ पास गरेकी छिन् । झापाको भद्रपुरस्थित प्रज्ञा एकेडेमीबाट परीक्षा दिएकी उनले ३.४४ जीपीए ल्याएर कक्षा १२ पास गरेकी हुन् ।

    रचनाले पनि नतिजाबाट आफू एकदमै खुशी रहेको बताइन् । उनले भनिन् ‘त्यति राम्रो तयारी गर्न पाएकी पनि थिइनँ । त्यति जीपीए आउला भन्ने सोचेकी थिइनँ । एकदमै खुशी छु ।’ उनले अब काठमाडौंमा संगीत विषय लिएर स्नातक तह अध्ययन गर्ने बताइन् । अध्ययनलाई प्राथमिकता दिँदै सांगीतिक करिअरलाई अगाडि बढाउने रचनाले बताइन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend