२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

कट्रिना-विक्कीको विवाहको सुरक्षा तयारीमा जुट्यो राजस्थान प्रशासन


जनमञ्च संवाददाता
  • १७ मंसिर २०७८ , शुक्रबार

  • कट्रिना-विक्कीको विवाहको सुरक्षा तयारीमा जुट्यो राजस्थान प्रशासन

    काठमाडौं, १७ मंसिर- केही दिनयता बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाहको खबरले बलिउड तातेको छ । विवाहका विषयमा दुवैले औैपचारिक घोषणा नगरेपनि धुमधामले तयारी अगाडि बढिरहेका छन् ।

    कट्रिना र विक्कीको विवाह राजस्थानको सवाई माधोपुर जिल्लाको एक भव्य होटलमा हुने जनाइएको छ । विवाह समारोह डिसेम्बर ७ देखि १० सम्म चल्नेछ ।

    यसैबीच कट्रिना र विक्कीको विवाहमा शान्ति सुरक्षा कायम गर्ने विषयमा सवाई माधोपुर जिल्ला प्रशासन कार्यालयमा बैठक बसेको छ । सवाई माधोपुरका जिल्ला अधिकारी राजेन्द्र किशनको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा विवाह समारोह व्यवस्थापक, होटल मालिक, प्रहरी अधिकारी लगायत सहभागी थिए ।

    बैठकमा विवाह हुने स्थल बरवाडा क्षेत्रमा सरसफाइ तथा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिइने निर्णय भएको जिल्ला अधिकारी किशनले जानकारी दिए । यस्तै विवाह स्थलमा कुनैै अप्रिय घटना हुन नदिन र यातायात सुचारु गराउन ट्राफिक व्यवस्थापन चुस्त बनाउने विषयमा पनि निर्देशन दिइएको उनले बताए ।

    किशनका अनुसार कट्रिना र विक्कीको विवाह समारोह डिसेम्बर ७ देखि १० सम्म चल्नेछ । विवाह समारोहमा १२० जना पाहुना सहभागी हुने जनाइएको छ । विवाह समारोहमा कोरोना संक्रमण नफैलियोस् भनेर आवश्यक सतर्कता अपनाउने विषयमा पनि छलफल भएको छ । जिल्ला अधिकारी किशनका अनुसार विवाहमा आउने पाहुनाले कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएको हुनुपर्नेछ । खोपको दुवै मात्रा नलगाएको भए पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य लिएर आउन सूचित गरिएको छ ।

    कट्रिना र विक्कीको विवाह स्थल सवाई माधोपुर जिल्लाको मुख्यालयबाट १८ किलोमिटर टाढा चौथ बरवाडाको एक पहाडी क्षेत्रमा सात सय वर्ष पुरानो किल्लामा रहेको छ ।

    सोही स्थानमा यसैवर्षको अक्टोबरमा सञ्चालनमा आएको भव्य रिसोर्टमा उनीहरुको विवाह हुनेछ । उक्त रिसोर्टमा ४८ वटा कोठा छन् । जुन कोठाको मूल्य एक दिनको ५० हजार रुपैयाँदेखि ७ लाखसम्म पर्छ ।

    बीबीसीको सहयोगमा  

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend