८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

युट्युब ट्रेन्डिङमा सलोनको हयाट्रिक


जनमञ्च संवाददाता
  • १७ मंसिर २०७८ , शुक्रबार

  • युट्युब ट्रेन्डिङमा सलोनको हयाट्रिक

    काठमाडौं, १७ मंसिर -बाल कलाकारको रुपमा अभियन थालेका सलोन बस्नेत यस्ता कलाकार बनेका छन् जसको उपस्थितिविना निर्माताले फिल्म बनाउने रहर गर्दैनन् । सलोन यस्तोमा पनि खास गरी त्यस्तो फिल्मका रोज्जा कलाकार हुन् जुन प्रेमकथा होस् र नयाँ पुस्ताका कलाकारको बाहुल्य होस् ।

    बाल कलाकार छाडेर एडल्ट भएपछि फिल्म गर्दा सलोनले अनमोल केसीको ‘होस्टल’बाट ‘सेकेन्ड फिडल’ वाला भूमिका खेलेका थिए । तर पहिलो फिल्मबाट नै सलोन यो भूमिकामा यसरी टाइपकास्ट भए कि, योबाहेकमन भूमिकामा दर्शक  सलोनलाई देख्नै नपरेहुन्थ्यो भन्छन् ।

    सलोनलाई मुख्य भूमिकामा लिएर केही निर्माताले फिल्म बनाउने आँट गरे, तर उनीहरूको आँटलाई दर्शकले भने धाप मारेनन् । तर, यसको ठीक उल्टो उनी हिरोको साथी वा सहायक भूमिकामा देखिएका फिल्ममा भने हिरो हैन सलोनले नै चर्चा पाउने गरेका छन् ।

    यसको ताजा उदाहरण हो, युट्युब ट्रेन्डिङमा देखिएका फिल्म । युट्युबको ट्रेन्डिङमा अहिले सलोन बस्नेत अभीनित तीन फिल्म परेका छन् । अहिले युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको ‘हजार जुनीसम्म’ त भइहाल्यो केही समयअघि एक र दुई नम्बरमा रहेका ‘यात्रा’ र ‘लम्फू’मा पनि सलोन बस्नेत महत्वपूर्ण भूमिकामा छन् ।

    केही दिनअघिसम्म युट्युब ट्रेन्डिङमा रहेका ‘यात्रा’ र ‘लम्फू’ अहिले पनि ट्रेन्डिङको १३ र १४ मा छन् । यति मात्र होइन तीनै फिल्ममा सलोनको कामलाई पनि दर्शकले रुचाएका छन् । खासगरी ‘लम्फू’को भूमिकामा भने सधैं हँसाउने सलोनले रुवाएको पनि प्रतिक्रिया पाएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend