८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

भारतीय मूलका पराग अग्रवाल ट्वीटरका नयाँ सीईओ


जनमञ्च संवाददाता
  • १७ मंसिर २०७८ , शुक्रबार

  • भारतीय मूलका पराग अग्रवाल ट्वीटरका नयाँ सीईओ

    सामाजिक संजाल ट्वीटरको सीईओमा भारतीय मूलका अमेरिकन पराग अग्रवाल नियुक्त भएका छन् । वर्तमान सीईओ ज्याक डोर्सीले राजीनामा दिएपछि अग्रवाल नियुक्त भएको ट्वीटरले जनाएको छ ।

    ट्वीटरका प्रमुख प्रविधि अधिकारीसमेत रहेका अग्रवाल सीईओमा पदोन्नति भएका हुन् । सीईओ फेरिएसँगै ट्वीटरको शेयरमा १ दशमलव ५ प्रतिशतले गिरावट आएको छ ।

    ४५ वर्षीय डोर्सी ट्वीटर र उनको डिजिटल पेमेन्ट कम्पनी स्क्वायरका सीईओ रहँदै आएका थिए । उनी सन् २०२२ सम्म ट्वीटरको बोर्ड सदस्यका रुपमा भने रहनेछन् ।

    संस्थापकहरु र कर्मचारी डोर्सीसँग असन्तुष्ट थिए । उनले ट्वीटरबाटै राजीनामा घोषणा गरेका थिए । तर उनले राजीनामा दिनुपर्नाको कारणबारे थप केही बताएका छैनन् ।

    अग्रवालले सन् २०१७ देखि ट्वीटरमा प्रमुख प्रविधि अधिकारीका रुपमा काम गर्दै आएका थिए । उनले सन् २०११ मा वरिष्ठ इन्जिनियरका रुपमा ट्वीटरमा काम सुरु गरेका थिए ।

    अग्रवालले इन्डियन इन्स्टीच्युट अफ टेक्नोलोजी मुम्बईबाट अण्डर ग्रयाजुएट गरेका थिए । अमेरिकाको स्टानफोर्ड युनिभर्सिटीबाट कम्प्युटर साइन्समा पीएचडी गरेका छन् । ४५ बर्षका अग्रवाल भारतमा स्नातक अध्ययनपछि उच्च शिक्षाका लागि अमेरिका गएका थिए । एजेन्सी

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend