१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

बसले ट्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु


जनमञ्च संवाददाता
  • १८ मंसिर २०७८ , शनिबार

  • बसले ट्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु

    पर्वत, १८ मंसिर – मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ परादीमा बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
    वीरगन्जबाट बागलुङका लागि छ्टेको ग २ ख ००९८ को यात्रुवाहक बसले पातिचौरदेखि दोबिल्लातर्फ जाँदै गरेको को १ च ६४२७ नम्बरको ट्याक्टरलाई बिहान करिब सात बजेको समयमा ठक्कर दिएको हो ।

    ट्याक्टरमा मजदुरहरू रहेका थिए भने सोही ट्याक्टरमा सवार लामा कन्स्ट्रक्सनमा कार्यरत मजदुर १८ वर्षीय मृत्यु विशाल लामिछानेको मृत्यु भएको हो ।
    जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार दुर्घटनामा परी सामान्य घाइते भएका १८ जनालाई उपचारको लागि पर्वत अस्पतालमा पठाइएको छ भने गम्भीर घाइते भएका पाँच जनालाई उपचारको लागि पोखरा लगिएको छ । बस र ट्याक्टर एकै दिशातर्फ गइरहेको बेलामा ओभरटेक गर्ने क्रममा बसले ट्र्याक्टरलाई ठक्कर दिएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend