८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

गर्भवती दिदीको घाँटी रेटेर हत्या, आमाको पनि संलग्नता


जनमञ्च संवाददाता
  • २१ मंसिर २०७८ , मंगलबार

  • गर्भवती दिदीको घाँटी रेटेर हत्या, आमाको पनि संलग्नता

    महाराष्ट्र, २१ मंसिर – एक युवकले गर्भवती दिदीको घाँटी रेटेर हत्या गरेका छन्। भारतको महाराष्ट्र राज्यस्थित औरंगावाद जिल्लाको गोयगाउँमा आफ्नै आमा र भाइले एक गर्भवती महिलाको घाँटी रेटेर हत्या गरेका हुन्।

    १९ वर्षीया ती युवतीले परिवारको इच्छाविपरित आफ्ना प्रेमीसँग भागेर विहे गरेको र विहेपछि उनको माइती पक्ष रुष्ट बनेको खुलेको छ। आमा र छोरा दुवै मिलेर उनको हत्या गरेको खुलेको छ।

    परिवारको इच्छाविपरित गरेको विहे नै उनको हत्याको कारण बनेको प्रहरीले भारतीय मिडियासँग बताएका छन्।

    आइतबार भएको सो घटना तीन दिनपछि सार्वजनिक भएको बताइएको छ। हत्याको समयमा ती महिला दुई महिनाको गर्भवती भएको र उनी गर्भवती भएको खबर भाइ र आमा दुवैलाई मात्र थाहा भएको अनुसन्धानबाट खुलेको छ।

    मृतकका भाइ र आमाले अपराध स्वीकार गरेको प्रहरीले बताएको छ। हालः दुवैलाई प्रहरीले पक्राउ गरेको समाचारमा उल्लेख छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend