नयाँ दिल्ली, २२ मंसिर – हेलिकप्टर दुर्घटनामा परेका भारतीय रक्षाध्यक्ष विपनि रावतसहित हेलिकप्टरमा सवार सबै १३ जनाको मृत्यु भएको छ। भारतीय वायु सेनाले रावत, उनकी श्रीमती मधुलिका रावतसहित १३ जनाको मृत्यु भएको जनाएको छ।
गलबार भारतीय राज्य तमुलनाडुमा हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा परि अधिकांशको शव चलेर चिन्न नसकिने अवस्थामा रहेको भारतीय संचार माध्यमले उल्लेख गरेका थिए। राउवसहित केहीलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो।