११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

शैक्षिक भ्रमणमा गएको जीप दुर्घटना: एक शिक्षक र दुई विद्यार्थीको मृत्यु


जनमञ्च संवाददाता
  • २३ मंसिर २०७८ , बिहिबार

  • शैक्षिक भ्रमणमा गएको जीप दुर्घटना: एक शिक्षक र दुई विद्यार्थीको मृत्यु

    लमजुङ, २३ मंसिर – लमजुङकाे मर्स्याङ्दी गाउँपालिका– ८ भुस्मे नजिकै ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ।

    सो जीपमा मर्स्याङ्दी –९ सिम्पानीस्थित गणेश माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थी शैक्षिक भ्रमणका लागि रहेका थिए। सो दुर्घटनामा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।

    उनका अनुसार मृत्यु हुनेमा कपिलवस्तु बाडनिय गाउँपालिका– ८ घर भई सोही विद्यालयका शिक्षक ३८ वर्षीय कमल राना थापा, मर्स्याङ्दी –९ का  सोही विद्यालयमा कक्षा ७ मा  अध्ययनरत १३ छात्रा प्रर्मिसा गुरुङ, कक्षा ६ मा अध्ययनरत १२ वर्षीय गणेश भण्डारी छन्। उनीहरुको जीपमा च्यापिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा चालकसहित आठ घाइते भएका छन्। घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी बेंसीशहर नगरपालिका– ८ स्थित जिल्ला अस्पताल लमजुङमा ल्याइएको छ। घाइतेमध्ये चालक र १४ वर्षीय विद्यार्थीलाई भने अस्पतालले रिफर गरेर भरतपुर लैजाँदै गरेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ। अन्य छ जनाको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ।

    घाइते आठ जनाकै पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। उनीहरुको टाउको, अनुहार, हातखुट्टालगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको छ। तीन जीपमा शिक्षक र विद्यार्थी शैक्षिक भ्रमणका हिँडेका थिए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend