१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

कांग्रेस महाधिवेशन: उम्मेदवारीबाट उठ्यो ५९ लाख ९५ हजार


जनमञ्च संवाददाता
  • २६ मंसिर २०७८ , आइतबार

  • कांग्रेस महाधिवेशन: उम्मेदवारीबाट उठ्यो ५९ लाख ९५ हजार

    काठमाडौं, २६ मंसिर – कांग्रेस महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी मनाेनयनबाट ५९ लाख ९५ हजार रकम उठेकाे छ । कांग्रेस महाधिवेशनकाे क्रममा शनिबार सभापतिसहित विभिन्न ५ सय ४८ पदमा मनाेनयन दर्ता भएको थियाे ।
    कांग्रेस सभापतिमा मनाेनयन दर्ता गर्नका लागि ३० हजार रूपैयाँ दस्तुर तय गरिएको थियाे । सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गरेका थिए । एक सभापतिका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए । उनले उम्मेदवारी बापत जम्मा गरेको रकम फिर्ता पाएनन् । सभापतिकाे मनाेनयनबाट १ लाख ८० हजार रकम जम्मा भएको छ ।
    उपसभापति र महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्नका लागि २५ लाख दस्तुर तय गरिएको थियाे । उपसभापतिमा ७ र महामन्त्रीमा ६ जनाले उम्मेदवारी दर्ता गरेका थिए । उपसभापतिका उम्मेदवारबाट १ लाख ७५ हजार र महामन्त्रीका उम्मेदवारबाट १ लाख ५० हजार रकम उठेको थियाे ।
    ८ सहमहामन्त्रीका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमा १ जनाले उम्मेदवारी फिर्ता लिए । सहमहामन्त्रीमा मनाेनयन दर्ता गर्नका लागि २० हजार रूपैयाँ दस्तुर लगाइएको थियाे । जसबाट ४ लाख रकम उठेको कांग्रेसकाे निर्वाचन समितिले जानकारी दिएकाे छ ।
    निर्वाचन हुने १ सय २१ कांग्रेस केन्द्रीय सदस्यमा ५०९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रीय सदस्यमा मनाेनयन दर्ता गर्नका लागि १० हजार रूपैयाँ ताेकिएकाे थियाे । जसबाट ५० लाख ९० हजार रकम उठेको छ ।
    कांग्रेस निर्वाचन समिति सदस्य तेज रावलले उम्मेदवारीबाट उठेको सबै रकम पार्टीको बैंक खातामा जम्मा भइसकेको बताए । उम्मेदवारी फिर्ता लिएकाहरूले मनाेनयन रकम फिर्ता मागेका थिए । तर, त्यो रकम फिर्ता नगरिने उनले जानकारी दिए । ‘मनाेनयन वापतकाे रकम फिर्ता हुँदैन ।
    उम्मेदवारी फिर्ता लिनेहरूले रकम फिर्ता हुन्छ कि हुँदैन भनेर साेधिराख्नुभएकाे थियाे तर रकम बैंक खातामा गइसकेको हुनाले हामी केही गर्न सक्दैनौं,’ उनले भने, ‘मनाेनयन बापतकाे रकम फिर्ताबारे भविष्यमा पनि कुनै निर्णय हुँदैन ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend