२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

माओत्से गुरुङ अभिनित म्युजिक भिडियो ‘दोधारे’ सार्वजनिक


जनमञ्च संवाददाता
  • २७ मंसिर २०७८ , सोमबार

  • माओत्से गुरुङ अभिनित म्युजिक भिडियो ‘दोधारे’ सार्वजनिक

    पोखरा, २७ मंसिर – कलाकार माओत्से गुरुङ अभिनित म्युजिक भिडियो ‘दोधारे’ सार्वजनिक भएको छ । शनिबार पोखरामा एक कार्यक्रमका बीच म्युजिक भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोमा गुरुङ एक होमस्टे व्यवसायीका रुपमा प्रस्तुत भएका छन् । उनले घुम्न आउने पर्यटकलाई गाउँसमेत घुमाइरहेको दृश्य म्युजिक भिडियोमा देख्न पाइन्छ ।

    ‘दोधारे’ माया प्रेम गाँस्नेहरुको कथा हो । त्यस्ता प्रेमी जो आफ्नो प्रेम एक अर्कालाई अभिव्यक्त गर्न डराउँछन् । पछि विभिन्न सामाजिक समस्याका कारण छुटिनुपर्ने बाध्यता आइपर्छ । सोही कथावस्तुमा म्युजिक भिडियोलाई छायांकन गरिएको छ । गीतको शब्द लयले मन छोएपछि र म्युजिक भिडियोको कथा मन परेपछि आफू अभिनयका लागि तयार भएको माओत्से गुरुङले बताए ।

    उनले आफ्नो अभिनयको सुरुआती चरणका मित्र ओम प्रकाश गुरुङले निर्देशन गरेको म्युजिक भिडियो भएकाले पनि अभिनय गर्न तयार भएको उल्लेख गरे । माओत्सेको अभिनय यात्रामा ओमप्रकाशको भूमिका महत्वपूर्ण छ । ओम प्रकाश गुरुङ ब्रोसिस ब्यान्डमा समेत आबद्ध थिए । किर्बोडिस हुँदै निर्देशनमा हाम फालेका गुरुङले करिब २० वर्ष पछि म्युजिक भिडियो निर्देशन गरे । अब निरन्तर संगीतमा नै लाग्ने प्रतिबद्धता लामाको छ ।

    गीतका गायक तथा संगीतकार निरोज लामा काठमाडौं बस्छन् । तर, पोखरेली टोलीसँग सांगीतिक काम गर्न पाउँदा उनी खुशी छन् । रामहरि खड्काले नै शब्द कोरेको गीतलाई उनले लय भरे । संगीत संयोजन समेत लामाकै हो । लोक फ्युजन शैलीमा गीतलाई लय भरिएको लामा बताउँछन् ।

    म्युजिक भिडियोका मुख्य पात्र रामहरि खड्काले आफू काठमाडौंमा बस्दै आएता पनि म्युजिक भिडियो निर्देशन देखि छायांकनको सबै काम पोखरामा गरिएको उल्लेख गरे । उनले भने, ‘पोखरासँग मेरो भावनात्मक सम्बन्ध छ । धेरै साथीहरु म चिन्छु । सांगीतिक क्षेत्रमा लागेका सबैसँग कामसमेत गरिएको छ । त्यसैले म्युजिक भिडियो छायांकनका लागि पोखरा रोजे ।’

    मोडल असीमा बस्नेतले आफ्नो लागि ‘दोधारे’ पहिलो म्युजिक भिडियो भएको उल्लेख गरिन् । आगामी समयमा पनि सबैको साथ सहयोगले अगाडि बढ्ने प्रण उनले लिएकी छन् । म्युजिक भिडियोमा विवेक गुरुङ, कृष्टि गुरुङ र सुर्य सुनवारको अभिनय छ । म्युजिक भिडियोलाई प्रकाश गुरुङ ‘काश’ले खिचेका हुन् । मुनाल फिल्मस् प्रालिको पोस्ट प्रोड्क्सनमा निर्माण भएको म्युजिक भिडियो रोनिज एन्ड ड्याड युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend