खर्सुको रुखमा घाँस काट्नेहरु हसियाँ अब उदाउँ है
पहाडमा ढुङ्गा फोर्नेहरु गैटी,बेल्चा र झ्याम्पलहरु जुटाउँ है।।
खेतीपाति गर्ने किसानहरु अब अौजारहरु खोज है
गाई बाख्रा हेर्ने गोठालाहरु अब मट्याङ्ग्रे ढुङ्गा रोज है।।
छदमभेषी रुप लिएर यहाँ अाउदै छन् कोहि गाउँमा
विदेशी शक्ति अाउन सक्छ यहाँ विकासको नाउँमा।।
ठुला बडाको सल्लाह हुँदै छ रे अहिले शहरमा
विदेशीलाई देश बुझाउन सक्छन कमिशनको रहरमा।।
हिजो दु:ख अाज दु:ख भोलि नि हाम्लाई दु:ख
विदेशीले दिएको कलोले कहाँ मिल्ला र हामीलाई सुख।।