८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

सांसद बन्न नसकेका गुरु कांग्रेस केन्द्रीय सदस्य बने


जनमञ्च संवाददाता
  • ५ पौस २०७८ , सोमबार

  • सांसद बन्न नसकेका गुरु कांग्रेस केन्द्रीय सदस्य  बने

    पोखरा, ५ पुस – कास्कीका युवा नेता गुरु बराल नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका छन् । कास्कीबाट उम्मेदवारी दिएका पूर्वमन्त्री यज्ञबहादुृर थापा, सोभियतबहादुर अधिकारीहरु पछि पर्दा युवा नेता बरालले केन्द्रीय समितिमा ठाउँ बनाएका हुन् ।

    निष्ठा इमान्दारिता निरन्तरताको नारा दिएर चुनावी मैदानमा उत्रेका गुरु प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलमा परेका थिए । देउवा प्यानलमा नै रहेका सोभियतबहादुर अधिकारीलाई भने मतदाताले पत्याएनन् । यसैगरी शेखर कोइराला समूहबाट उम्देवारी दिएका यज्ञबहादुर पनि अन्तिम ३५ मा परेनन् । ३५ जना खुला सदस्यको लागि ९९ जना प्रतिष्पर्धामा उत्रिएका थिए । खुलामा प्रतिष्पर्धा गरेकी सारदा पौडेलले पनि सफलता प्राप्त गरिन् ।

    नेपाल विद्यार्थी संघ कास्कीको सभापति तथा केन्द्रीय उपसभापतिसमेत भएका बराल २०७४ सालको चुनावमा कास्की क्षेत्र नम्बर २ ‘क’बाट प्रदेश सभा सदस्य प्रत्यासी थिए । एमाले कास्कीका सभापति कृष्ण थापासँग प्रतिष्पर्धामा उत्रेका उनी ठूलो मतान्तरले पराजीत भएका थिए । थापाले १५ हजार ३ सय २९ मत प्राप्त गर्दा गुरु बरालले ८ हजार ३ सय २५ मत प्राप्त गरेका थिए । पोखराको आर्वामा जन्मेका बराल कास्की क्षेत्र नम्बर २ ‘क’ का परिचित अनुहार थिएनन् ।
    नवलपुरबाट प्रतिनिधित्व गर्ने डाक्टर शशांक कोइराला, तनहुँका शंकर भण्डारी, स्याङ्जाका गोपालमान श्रेष्ठ पनि केन्द्रीय सदस्य बनेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend