८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

पदयात्रा जाने र आएपछि थकाई मार्ने शहर हो पोखरा: अध्यक्ष बराल


लक्ष्मण बराल
  • ७ पौस २०७८ , बुधबार

  • पदयात्रा जाने र आएपछि थकाई मार्ने शहर हो पोखरा: अध्यक्ष बराल

    पर्यटकीय राजधानीका रुपमा परिचित पोखरा यो समयलाई महोत्सवको यामका रुपमा विकास गर्दै लगिरहेको छ । एकपछि अर्को विभिन्न संघसंस्थाले गर्ने मेला महोत्सवले पोखरालाई महोत्सवको सहरका रुपमा पनि परिचित बनाएको छ ।
    त्यस्तैमध्येको एक हो, ‘पोखरा सडक महोत्सव ।’ रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) ले विगत २३ वर्षदेखि अंग्रेजी नयाँ वर्षलाई लक्ष्य गरी निरन्तर गर्दै आइरहेको यो महोत्सव एउटा ब्रान्ड पनि हो ।
    गतवर्षको कोरोना महामारीको समयमा पनि दिन छोट्याएर ३ दिनमा झारेर रेबानले महोत्सवलाई निरन्तरता दिएको थियो । कोरोना महामारी मत्थर भइसकेको छैन । तर, यस वर्षसमेत संस्थाले तीन दिनमा सीमित गरेर महोत्सव गर्ने भएको छ । यसै विषय वरपर रहेर रेबान अध्यक्ष लक्ष्मण बरालसँग पत्रकार विजय नेपालीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

    २३ औं सडक महोत्वस आयोजना गर्दै हुनुहुन्छ तयारी कस्तो भइरहेको छ ?
    २३ औं संस्करणको सडक महोत्सवको तयारीमा हामी जुटेका छौं । ३ दिनको कार्यक्रम गर्ने तयारी अनुसार ८० प्रतिशत काम सम्पन्न भइसकेका छन् । अब केही कामहरु बाँकी रहेका छन् । यो सडक महोत्सव हो ।
    विशेषगरी लेकसाइडको ३ किलोमिटर सडकमा विभिन्न कार्यक्रमहरु गरि मनाँइदैँ छ । यो बाहेक हामीले बन्द क्षेत्रमा समेत एउटा कार्यक्रम गर्नेछौं । हाम्रो महोत्सवमा अन्तराष्ट्रिय खानाको प्रस्तुति, विभिन्न सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक क्रियाकलापहरु हुनेछन् । हामी अहिले त्यसैको तयारीमा जुटिरहेका छौँ ।

    २३ वर्षअघि सडक महोत्सव गर्ने अवधारणा कसरी आयो र सडक महोत्सव नै किन ?
    हामी २३ औँ वर्षमा छौँ । हामीले विगत २२ वर्ष अघिदेखि महोत्सव आयोजना गर्दै आइरहेका छौँ । यसको इतिहास हामीले सम्झनुपर्दाखेरी ख्रिस्टमस र अंग्रेजी नयाँ वर्षको समय भनेको पुसको समय हो । त्यतिबेला पोखरा जाडो अनि यहाँ केही गतिविधि नहुँदा पर्यटकहरु ख्रिष्टमस मनाउन विदेश जान थालेको कारण हामीले यहाँ पर्यटकको बसाइँ लम्ब्याउने केही नयाँ पनि दिने उदेश्यका साथ महोत्सवको सुरुआत गरेका हौं ।
    त्योबेला त हामी व्यवसायीहरुले पनि पर्यटक सबै जाने भएपछि कर्मचारीहरुलाई बिदा दिने प्रचलन थियो । हाम्रा अग्रजहरुले बाहिर हाम्रो जस्तै क्षेत्रमा महोत्सव गरेको देख्नुभयो र यहाँ पनि सुरुआत गर्नुभयो ।
    सुरुमा सानै स्केलमा गरिएको थियो र विस्तारै यस्को लोकप्रियता बढ्दै गएपछि अहिले हामी ३ किमी क्षेत्रमा महोत्सव गर्दै आएका छौ ।

    विदेशी पाहुनालाई पोखरामै राख्न र बसाइँ लम्ब्याउने हेतुले पनि आयोजना गरेको देखिन्छ तर अहिले आउने क्रममा विदेशीभन्दा पनि स्वदेशी पर्यटकको सहभागिता व्यापक देखिएको छ आन्तरिक बढ्दा विदेशी पर्यटक घट्नुको कारण के जस्तो लाग्छ ?
    अहिले कोरोना महामारीले कतिको प्रभाव पारेको छ भनेर । विदेशी पर्यटक आउँछन भन्ने हाम्रो अझै आशा छैन् । २०२२ मा पनि आउँछन् भन्ने आशा हामीले लिएका छैनौँ किनकी विभिन्न देशमा कोरोना अझै देखिएको छ । नेपालमा अहिले नदेखिएपपनि विदेशमा देखिएका कारण पर्यटक आउँछन भन्ने छैन र यो विदेशीलाई टार्गेट गर्ने र स्वदेशीलाई नगर्ने भन्ने हुँदैन् । यो महोत्वस हो यहाँ सबै आउनुहुन्छ ।

    हामी कोरोनाको ३ वर्षमा छौँ, अघिल्लो वर्षपनि कोरोना छिचोल्दै महोत्सव ग¥र्यौ अहिले कोरोना र महोत्वसको चुनौतीलाई कसरी हेर्नुभएको छ ?
    विगतका वर्षहरुमा हामीलाई कोरोनाले असर गरेकै हो र अहिले पनि गरेकै छ । विशेषगरी पर्यटन क्षेत्रमा अझै प्रभाव परिरहेको छ । पर्यटन क्षेत्र भनेको संवेदनशील क्षेत्र हो । यो दुई वर्ष नै पूर्णपीडित भएको अवस्थामा दुई चरणमा लकडाउन भोगेका छौँ ।
    पछिल्लो समय लकडाउन खोलेपछिको करिब ३ महिना हाम्रो लागि फलदायी नै रह्यो । र यो महोत्सवबाट हाम्रो आर्थिक चलायमान हुन्छकी भन्ने आश रहेको छ । हामीलाई चुनौति त अहिलेपनि छ । एकातिर कोरोनाको नयाँ भेरियन्टको त्रास छ अर्कोतिर महोत्सव सम्पन्न गराउनुपर्नेछ । चुनौती निकै छ । महोत्सव आउँछ अब एक हप्ताको मात्रै समय छ त्यसैले त्यतिबेला सम्म केही असर गर्दैन कि भन्ने लागेको छ ।
    तर, पनि तेस्रो चरणको लकडाउन हुने हो कि भन्ने पनि लागेको त्यसो भयो भने ठूलोमात्रामा व्यवसायी यस क्षेत्रबाट पलायन हुने अवस्था छ अब त्यसो नहोस भन्ने चाहाना छ ।

    कोरोनाको बेला धेरै पर्यटन व्यवसायी पलायन भएका हुन् ?
    २ पटकसम्म लकडाउन हुने समयमा साना लागानी गरेका धेरै व्यवसायी पलायन भएकै हुन् । यतिकै अवस्थामा पलायन भएको भन्ने हामीसंग तथ्यांक त हामीसँग छैन । भाग्यवश रेवानमा रहेका सदस्यहरुले केही न केही रुपमा व्यवसाय धानेरै बसेको अवस्था भने थियो । तर, पछिल्ला ४ महिनाले हाम्रो आर्थिक अवस्था बलियो बनाएको छ ।
    गण्डकी प्रदेश आफैंमा पनि पर्यटकीय प्रदेश हो । पोखरा त पर्यटकको राजधानी नै भइहाल्यो तर, यहाँ पर्यटकहरुको बसाईँ घट्दै गएको अवस्था छ तपाईँको धारणा के छ ?
    गण्डकी प्रदेश पर्यटकको प्रदेश काठमाडौं देशको राजधानी भएपनि पोखरा पर्यटनको राजधानी भन्ने नै सबैको सोच रहिआएको छ र हामीले पनि त्यहि बनाउन खोजिरहेका छौँ । तर हाम्रा लागि अहिलेको मुख्य चुनौति नै पर्यटकको बसाइँ हो । यहाँ पर्यटक लामो समय बस्न छाडिसके । पर्यटक पोखरा आउनुको मुख्य कारण भनेको पदयात्रा जानका लागि हो । पदयात्रा जाने र आएपछि थकाई मार्ने तरिकाले बस्ने गर्दथे । अहिले पदयात्राहरुमा पनि सडक विकास हुन थालेपछि यो समस्या आएको हो ।
    हाम्रो उदेश्य पनि बसाइँ लम्ब्याउने नै हो । यसका लागि सरकारले पनि पोखरामा पर्यटक बस्ने समय लम्ब्याउने योजना बनाउनुपर्छ । अब विकासलाई रोक्न सकिँदैन त्यसैले नयाँ पदयात्रा देखि पोखरामा नाइट लाइफको अवधारणा ल्याउन सके पोखरामा पर्यटकको बसाई लम्बिने देखिन्छ । अब अन्तराष्ट्रिय विमान स्थलपनि आएको छ अब यस्लाई ध्यान दिन जरुरी छ ।

    पर्यटन क्षेत्रमा अव्यवस्थित सडक विस्तार हुँदै जाँदा खुम्चिन थालिसकेका छन् चाहे त्यो पदमार्ग होस् या गाउँ सबैतिर सवारी पुगेपछि कसरी पर्यटकको बसाई लम्बिन्छ त ?
    विकासलाई कसैले रोकेर रोक्न सकिदैँन् । हरेक नागरिकको अधिकार हुन्छ सडक पाउनु । तर, तपाईँले भनेजस्तै अझपनि दिर्घकालिन विकासका अवधारणा अघि बढ्न नसकेको हो की भन्ने पक्कैपनि देखिएको छ । योजनाबद्ध तरिकाले नजाँदा समस्या आएको हो ।
    यदि सडक नै बनाउनुछ भने अब त्यो पदमार्गको बैकल्पिक पनि त होला नी त्यता तर्फपनि सोँच्न जरुरी छ । सडक विस्तार एकातिर छ भने पर्यटन क्षेत्र मजबुत बनाउन आकर्षक गन्तव्यको पनि खोजि गर्न जरुरी छ जस्ले पर्यटलाई आकर्षण गर्नुका साथै बसाई समेत लम्बिने अवस्था आउँछ ।

    एकातिर कोरोनाको नयाँ भेरियन्टको त्रास छ भने अर्कातिर महोत्सव गर्दै हुनुहुन्छ भीडभाड हुन्छ धेरै दर्शक आउँछन् चुनौति कत्तिको छ र स्वास्थ्य सुरक्षालाई कसरी हेरिरहनुभएको छ ?
    स्वास्थ्य जीवनको महत्वपूर्ण पाटो हो । हामीले अन्य कुरालाई वेवास्ता गरेपनि स्वास्थ्यलाई ख्याल गर्नै पर्ने हुन्छ । स्वास्थ्यका साथसाथै हामीले व्यवसायपनि त हेर्न प¥यो । त्यसैले महोत्वस आयोजना हुँदै गर्दा हामीले विभिन्न स्थानमा स्वास्थ्य शिविरहरु पनि राख्ने छौँ ।
    अर्को कुरा अब नेपालमा ओमिक्रोन २ जनामा मात्रै देखिएको छ । अर्को भनेको हामी सबै खोप लगाइसकेका छौँ त्यसैले पनि केही हदसम्म राहत त हुनेनै छ भन्ने विस्वास छ । अर्को कुरा यो महोत्सव कुनै एक बन्द क्षेत्रमा मात्रै हुँदैन् फराकिलो क्षेत्रमा हुँदै छ । हामीले स्यानिटाइजर, मास्कको व्यवस्था गरेका छौँ सबैले स्वास्थ्य मापदण्ड अपनाएर महोत्सव मनाँऔँ ।

    महोत्सवले पर्यटन क्षेत्रलाई कसरी सहयोग गर्छ त ?
    यो महोत्सव गरेकै पर्यटन प्रबद्धर्नका लागि हो । हामीले पहिलो यो समय व्यवसाय बन्द गरेर बस्ने अवस्था थियो भने महोत्सवको सुरुवात भएपछि हामी झन् बढि व्यापार गरिरहेका छौँ ।
    हुन त यो जम्मा ३ दिनका लागि आयोजना हुँदै छ तर,पनि यस्को प्रभाव भनेको निकै रहन्छ । महोत्सवले आर्थिक चलायमान ल्याउँने छ । यो महोत्सव पूर्णरुपमा पर्यटन व्यवसायीकै संस्थाले गरेका कारणपनि हामी पर्यटनसंगै जोडिएका छौँ ।

    सडक महोत्सवमा मनपरी रुपमा होटलले कोठाभाडा लिने अनि खाना पनि मँहगो हुने देखिन्छ त्यसलाई कसरी व्यवस्थापन गर्दैहुनुहुन्छ ?
    अलि पहिला यो प्रश्न निकै आयो । हामीलाई पनि आलोचित बनाएकै हो । त्यतिबेला अनियमितता भएकै हो । जब त्यसता समस्याहरु आयो हामीले त्यसका लागि अनुगमन समिति नै बनाएर कारवाही समेत ग¥र्यौ । अहिले त्यसतो समस्या देखिदैन । हामी निरन्तर अनुगमन गर्ने नै छौँ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend