८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

मेरो आफ्नै देउताहरु


सिमियोन रोक्का
  • ८ पौस २०७८ , बिहिबार

  • मेरो आफ्नै देउताहरु

    परदेश!
    थाहा छ नि
    परदेश भनेको?
    परको देश
    यहाँबाट फर्केर आउँदैछु
    तिम्रो लागि केही नासो र केही गुनासो बोकेर ल्याउँदैछु
    आउने बितिक्कै एउटा ठूलो नाङ्ग्लो लिन्छु
    र हिसाब गर्छु तिम्रो र मेरो सम्बन्धमा मिश्रित अड्काहरु

    मैले पसिनासँग कमाएका हातका मैलहरु
    तिम्रो लागि मात्र मैलो बनेछ
    र पखालेर सक्काएछौ
    मैले परिश्रमसँग गरेका सम्झौताहरु
    माया त गाढा भएछन्
    तर टाढा भएछन्
    मेरो आफ्नै देउताहरु
    हुन्छ, आउनेछु र हिसाब गर्नेछु।

    मतलब गर्ने छैन
    तिम्रो उठ-बस कोसँग थियो
    हिसाब मात्र गर्नेछु
    तिम्रो कारोबार जोसँग थियो।

    मैले पसिना र आँसुले भिजाएका मैलहरु
    कहाँ थेग्न सक्छु र
    ऋणका आफ्नै तौलहरु
    सबैले भनेका
    मैले नसुनेका
    तिम्रा चरित्रका चित्रहरु
    देखाउँदै चित्कार गर्दै थिए
    मेरा आफ्नै मित्रहरु
    मसँग, म बाच्ने श्वास थियो
    त्योभन्दा तिमीमा विश्वास थियोअब न रह्यो आश
    न रह्यो विश्वास
    तिमी मेरो लागि, म तिम्रो लागि जिउँदो लास
    न रह्यो तिमी मेरो, न म तिम्रो खास
    मनमा राखेरै तिमीले दिएका हजार झड्काहरु
    परको देश
    यहाँबाट फर्केर आउँदैछु
    तिम्रो लागि केही नासो र केही गुनासो बोकेर ल्याउँदैछु
    आउने बित्तिकै एउटा ठूलो नाङ्ग्लो लिन्छु
    र हिसाब गर्छु तिम्रो र मेरो सम्बन्धमा मिश्रित अड्काहरु।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend