१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

दुबईका शासकको महँगो ‘डिभोर्स’, पत्नीलाई वर्षेनि ५ सय मिलियन पाउन्ड तिनुपर्ने


जनमञ्च संवाददाता
  • ८ पौस २०७८ , बिहिबार

  • दुबईका शासकको महँगो ‘डिभोर्स’, पत्नीलाई वर्षेनि ५ सय मिलियन पाउन्ड तिनुपर्ने

    दुबई – आफ्नी पूर्व पत्नीलाई वर्षेनि ५ सय मिलियन पाउन्ड तिर्न दुबईका शासकसमक्ष अदालतले आदेश दिएको छ। शासक शेइख मोहम्मद विन रशिद अल मक्तौमकी पूर्व पत्नी प्रिन्सेस हायालाई सो रकम तिर्न बेलायतको एक अदालतले आदेश दिएको हो।

    योसँगै उनको सम्बन्ध विच्छेद संसारको सर्वाधिक महँगो बनेको बताइएको छ। सम्बन्ध विच्छेदपछि पूर्व पत्नी हाया र उनका दुई सन्तानको वार्षिक खर्च शासक सेइखले ब्यहोर्नुपर्ने भन्दै अदालतले सो आदेश दिएको हो। सम्बन्ध विच्छेदपछि बेलायतको अदालतले सुनाएको सो रकम बराबरको फैसला सम्भवतः हालसम्मकै उच्च भएको द गार्जियनमा खबर छ।

    पूर्व पत्नी हाया र उनका दुई सन्तानको वार्षिक खर्च ५ सय मिलियन पाउन्डभन्दा बढी अर्थात् झन्डै आधा विलियन पाउन्ड हुन आउने हुँदा शेइखले वर्षेनि सो रकम तिर्नुपर्ने अदालतले बताएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend